एमसिसीबारे पार्टीको धारणा तय गर्न जसपाको कार्यकारिणी समितिको बैठक बस्दै

१३ फागुन, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ ।

Advertisement

अमेरिकन सहयोग सम्बन्धी सम्झौता एमसिसीका विषयमा पार्टीको धारणा तय गर्न कार्यकारिणी समितिको बैठक बस्न लागेको हो ।

नेताहरूका अनुसार मध्यान्न १२ बजे बैठक बने तय भएको छ ।

Advertisement

एमसीसीलाई लिएर जसपा दुई धारमा छ । उपेन्द्र यादव पक्ष एमसीसीको विपक्षमा र डा.बाबुराम भट्टराई एमसीसीको पक्षमा छन् । यही कारण पार्टी फुटको समेत आशंका भइरहेका बेला कार्यकारिणी समितिको बैठक बस्न लागेको हो ।

जसपाका प्रमुख सचेतक प्रमोद साहका अनुसार पार्टीले एमसीसीका विषयमा एउटै निर्णय लिने बताए । ‘जे निर्णय लिए पनि एउटै निर्णय लिन्छौं’ उनले भने ।

Advertisement

दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक छ । त्योभन्दा अगावै पार्टीको धारणा तय गर्ने नेताहरुले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top