×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

एमसिसीको व्याख्यात्मक टिप्पणीमा अमेरिकाको पनि ‘ग्रिन सिग्नल’

१५ फाल्गुन २०७८

१५ फागुन, काठमाडौँ । नेपालको मन्त्रिपरिषद र संसदले पारित गर्न लागेको अमेरिकी सहयोग परियोजना एमसिसी र यसको व्याख्यात्मक टिप्पणीमा अमेरिकाले पनि ‘ग्रिन सिग्नल’ दिएको छ।

व्याख्यात्मक टिप्पणीको मस्यौदा शनिबार अनौपचारिक रूपमा काठमाडौंस्थित राजदूतावासमार्फत् अमेरिकालाई पठाइएको थियो।

Advertisement
Advertisement

दूतावासले हिजो नै उक्त मस्यौदा वासिङ्टन डिसी पठाएको थियो। मस्यौदा पाएपछि अमेरिकीहरूले आज बिहान सात बजेसम्ममा खबर गर्ने बताएका थिए।

केही साना प्राविधिक कुरामा टिप्पणीसहित अमेरिकाले आज बिहानै सो मस्यौदामा ’ग्रिन सिग्नल’ पठाएको छ।

‘यो हामीले अन्तर्राष्ट्रिय सन्धीमा गरिने प्रचलनअनुसार एक पक्षीय रूपमा व्याख्यात्मक टिप्पणी लेख्न लागेका हौं। तर पनि त्यसमा अमेरिकीहरूको आपत्ति नहोस् र उनीहरूको पनि सहमति रहोस् भनेर मस्यौदा उनीहरूसँग सेयर गरेका हौं,’ एक नेताले भने।

संसदबाट व्याख्यात्मक टिप्पणी पारित गरेपछि यसको औपचारिक जानकारी पनि नेपालले अमेरिकालाई दिनुपर्छ।

सत्तारूढ गठबन्धनले आइतबार बिहान एमसिसी व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने निर्णय गरेको छ।

Advertisement

एमसिसी अमेरिकी सैन्य रणनीतिको अंग होइन, यो नेपालको संविधान र कानुनभन्दा माथि हुनेछैन, यसको लेखा परीक्षण नेपालमै हुने छलगायत विषयहरू समेटेर सरकारले एमसिसीमा व्याख्यात्मक टिप्पणीको प्रस्ताव ल्याउन लागेको छ।

भर्खरको समाचार

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

सम्बन्धित खबरहरु

Scroll to Top