विराटनगर,साउन ३०
गर्भवती महिलासम्बन्धी एकदिने गोष्ठी आज सम्पन्न भएको छ ।सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर १, प्लान इन्टरनेशनल र साझा सवालका लागि साझा मञ्च कोकनको आयोजनामा विराटनगरमा भएको उक्त कार्यक्रममा बोल्दै प्लान इन्टरनेशनलका संयोजक शेरबहादुर रानाले प्रारिम्भक बाल विकास कार्यक्रमबारे जानकारी गराए ।
यस्तै परिवार स्वास्थ्य महाशाखाका पूर्व निर्देशक डाक्टर बालकृष्ण सुवेदीले प्रत्येक वर्ष नेपालमा साढे ६ लाख गर्भवती हुने गरेको तथ्याङ्क प्रस्तुत गरे । उनले अहिलेको संविधानले प्रत्येक महिलालाई सुरक्षीत मातृत्व र प्रजनन् सम्बन्धी हक प्रत्यायोजीत गरेको स्पष्ट पारे ।
यस्तै कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दे प्लान इन्टरनेशनलका स्वास्थ्य कार्यक्रम संयोजक पुजा पन्तले २०१४ देखि २०१७ सम्ममा परियोजनाले गरेका कामको गतिविधिका बारेमा जानकारी दिएका थिए । कार्यक्रममा मोरङ र सुनसरीका सरोकारवाला निकायका साथै जनप्रतिनिधिहरुको सहभागीता थियो ।