×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सत्तारुढ दलहरु भित्रभित्रै निर्वाचन पछि धकेल्ने खेलमा लागि परेको नेम्वाङको आरोप

२१ फाल्गुन २०७८

२१ फागुन, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले सत्तारुढ दलहरु भित्रभित्रै स्थानीय तहको निर्वाचन पछि धकेल्ने खेलमा लागि परेको आरोप लगाएका छन् ।

प्रेस चौतारीको बागमती प्रदेश, प्रतिष्ठान र एशोसिएट समितिले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उनले एमालेको जोडबलमा घोषणा गरिएको स्थानीय तहको निर्वाचन पनि सत्तारुढ दलहरुले सार्ने प्रयास गरिरहेको टिप्पणी गरे । उपाध्यक्ष नेम्वाङले प्रचण्ड, माधव नेपालहरुप्रति संकेत गर्दै केही साथीहरु निर्वाचन भनेपछि किन डराउछन् ? भनी प्रश्न गरे ।

Advertisement
Advertisement

‘केही साथीहरु किन जनतामा जाने भन्दा डराउँछन् ? प्रतिगमन भन्छन् । भरसक जनतामा जाने मिति पर सार्छन् । यहाँहरुलाई थाहा छ–त्यसैले म दोहो¥याउन चाहन्न । बल्लबल्ल तपाईं–हामीले लडेर स्थानीय तहको निर्वाचनको मिति तोकाएका छौं । तर अहिले पनि भित्रभित्र खेलोफड्को भइरहेको छ’ उनले भने ।

Advertisement

आफ्नो पार्टीले ठूलो चुनौती मोलेर नेपालको नक्सामा लिम्पियाधुरा, लिपुलेक क्षेत्र समेटेको भन्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवाले सय दिनको कार्यक्रमबाटै त्यसलाई गायब बनाएको बताए ।

भर्खरको समाचार

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

सम्बन्धित खबरहरु

Scroll to Top