Nepal Times
Nepal Times
3
Shares

कृष्णबहादुर गिरीको मुद्दा उच्च अदालत विराटनगरको पेसी सूचीमा, सुनुवाईको सम्भावना कम

कृष्णबहादुर गिरीको मुद्दा उच्च अदालत विराटनगरको पेसी सूचीमा, सुनुवाईको सम्भावना कम

२५ फागुन, विराटनगर । आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको मुद्दा आज उच्च अदालत विराटनगरको पेसी सूचीमा परेको छ ।

मुद्दाको पेसी आजका लागि तोकिएको र गोलाप्रथाबाट बेञ्च तोकिने उच्च अदालत विराटनगरका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए ।

साप्ताहिक पेसी सूचीमा गिरीको मुद्दा परे पनि आज सुनुवाइ हुने सम्भावना भने कम छ । उच्चमा ११ जना न्यायाधीशहरु छन् । ती मध्ये चार जना न्यायाधीशले यसअघि सो मुद्दा हेरिसकेका छन् ।

एक न्यायाधीशका आफन्त सो मुद्दामा बहस गर्ने कानुन व्यावसायी छन् । उच्च अदालतमा दुई जना न्यायाधीश सम्मेलित बेञ्च बन्छ ।

२०७७ मंसिर २२ गते जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले गिरीलाई सफाइ दिएको थियो ।

जिल्लाको फैसला विरुद्ध पीडितको पक्षबाट सरकारी वकिलको कार्यालय २०७७ फागुन २८ गते उच्च अदालतमा पुगेको थियो ।

जिल्लाको फैसला विरुद्ध सिद्धबाबा पनि २०७७ चैत २६ गते उच्च अदालतमा पुगेका थिए । दुवै मुद्दालाई लगाउमा राखेर सुनुवाइ भइरहेको छ ।

२०७७ मंसिर २२ गते प्रतिवादी पक्षको मात्रै बयानपछि जिल्लाले फैसला जारी गरेको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.