×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

वाणिज्य बैंकहरुले चैतको निक्षेप ब्याजदर ११.०३ प्रतिशत नै दिने

२९ फाल्गुन २०७८

२९ फागुन, काठमाडौँ । वाणिज्य बैंकहरुले चैतका लागि निक्षेपमा नयाँ ब्याजदर ११.०३ प्रतिशत नै दिने निर्णय गरेका छन् ।

बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले निक्षेपमा फागुनकै ब्याजदरलाई निरन्तरता दिने निर्णय गरिएको जानकारी दिए ।

Advertisement
Advertisement

बैंकहरुले हरेक महिना निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । पछिल्लो केही महिना यता लगानी योग्य रकमको अभाव हुँदा बैंकहरुले निक्षेपको ब्याजदर लगातार बढाउँदै आएका छन् ।

फागुन महिनामा सहज भए चैतका लागि ब्याजदर घटाउने बैंकर्सहरुको भनाइ थियो । तर तरलता समस्या सहज नभएपछि ब्याजदर स्थिर राख्ने बैंकहरुले भद्र सहमति गरेका हुन् ।

ब्याजदर घटाउने वा बढाउने भन्ने विषयमा शुक्रबार साँझ २७ वटै बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको बैठक बसेको थियो । बैठकमा ब्याजदर बढाउने वा घटाउने विषयमा सीईओहरु विभाजित देखिएका थिए ।

अधिकांश बैंकर्सहरुले ब्याजदर घटाउने होइन बढाउनु पर्ने धारणा राखेका थिए । तर ब्याजदर बढाएरमात्रै निक्षेप नआउने भन्दै आइतबार ब्याजदर स्थिर राख्ने निणर्य संघले गरेको हो ।

Advertisement

निक्षेपको ब्याजदर बढाउँदा कर्जाको ब्याजदरमा समेत असर गर्छ । हरेक तीन–तीन महिनामा बैंकहरुले आधार दर सार्वजनिक गर्नुपर्ने नियम छ । निक्षेपको ब्याजदर बढ्दा आधार दर बढ्ने हुन्छ, जसको प्रत्यक्ष असर ऋणको ब्याजदरमा समेत पर्छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top