दिसामा पाइने जीवाणुका कारण इलाममा झाडापखाला फैलियो

२८ फागुन ७८, आइतबार

२९ फागुन, इलाम । दिसामा पाइने जीवाणु इकोलाइका कारण इलामको सदरमुकाम इलाममा झाडापखाला फैलिएको पुष्टि भएको छ ।

इलाम सदरमुकाम र आसपासका क्षेत्रका बालबालिकासहित ठूला व्यक्तिहरुलाई लगातार बान्ता हुने, पेट ढुस्स हुने र झाडापखाला लाग्नेजस्ता लक्षण देखिएको छ । बिरामी पर्नेमा धेरैजसो बालबालिका छन् ।

स्वास्थ्य कार्यालय इलामका प्रमुख आदित्य शाक्यका अनुसार झाडापखालाका बिरामी बिस्तारै कम हुँदै गएका छन् । अहिलेसम्म गम्भीर बिरामी नपरेकाले उपचारमा पनि समस्या नभएको उनले बताए ।

झाडापखाला फैलिएपछि पिउने पानीको नमुना परीक्षण गर्दा पानीमा दिसामा पाइने जीवाणु इकोलाइ भेटिएको शाक्यले बताए । मुहानको पानीमा नै इकोलाइ जीवाणु भेटिएपछि त्यो मुहानको पानी नखान इलाम नगरपालिकाका बासिन्दालाई आग्रह गरिएको छ ।

नगरपालिकाले यो मुहानबाट ल्याइएको पानीको वितरण नै रोक्ने तयारी गरेको छ । यस्तै अन्य धाराको पानी पनि उमालेर र शुद्धीकरण गरेर मात्रै खान नगरवासीलाई आग्रह गरिएको छ ।

इलाम नगर क्षेत्रका बालबालिका धेरै बिरामी परेपछि स्वास्थ्य कार्यालयले नगरमा आउने तीन वटा पानीको मुहान र ११ वटा धाराको पानीको नमुना परीक्षणका लागि सुनसरीको इटहरीमा रहेको पानी परीक्षण प्रयोगशालामा पठाएको थियोे ।

प्रयोगशालाले इलाम नगरपालिका–७ मा रहेको कलधाराको पानी पिउन योग्य नभएको प्रतिवेदन दिएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top