×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

दुधमा मिसावट गरेको पाइए सरकारले कारबाही गर्ने

३ चैत्र २०७८

३ चैत, काठमाडौँ । डेरी उद्योग तथा पसलहरुले दुधमा जथाभावी सोडा,चिनी, साल्टहरुको प्रयोग गरेर बिक्रि गरेको पाइएमा सरकारले कारबाही गर्ने भएको छ ।

बुधबार काठमाडौंमा दुग्ध पदार्थको गुणस्तर तथा स्वच्छता सम्बन्धि अन्तक्र्रिया कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रक विभागले यस्तो बताएको हो ।

Advertisement
Advertisement

उक्त अन्तक्र्रिया कार्यक्रममा बोल्दै खाद्य प्रविधि तथा गुण नियन्त्रक विभागकी महानिर्देशक डा.मतिना जोशी वैद्यले डेरी पसलहरुमा विना लेभलका दही,पनिर लगायतका उत्पादनहरु बिक्रिवितरण भएको बताइन् ।

उनले विना लेभलका दुग्धजन्य बस्तुहरु उत्पादन गर्दा गुणस्तरको सुनिश्चिता नदेखिने बताइन् ।

महानिर्देशक वैधेले विगतमा डेरी उद्योग तथा पसलहरु जथाभावी रुपमा सोडा,चिनी, साल्टहरु प्रयोग भइरहेको पाइएकाले यस्तो खालको अवैधानिक कामहरु गरेको भेटिएका कानून अनुसार कडा कारबाही गर्ने बताइन । उनले विशेष गरेर यस्तो गर्मी महिनामा हुने गरेको बताइन् ।

विभागले तत्कालीन रुपमा दुग्ध पदार्थको गुणस्तरको विषयमा बनेको निर्देशिका अनुसार विशेष गरेर दुध,पानी,खानेतेल लगायत दैनिक उपभोग्य बस्तुमा गुणस्तर कायम गर्नको लागि निरन्तर रुपमा विभाग लागि परेको दाबी गरिन् ।

उनले भनिन्,‘ अनौपचारिक क्षेत्रमा दुध उत्पादन भइरहेको छ । भने अर्को तर्फ बजार धेरै डेरी पसल भनेर देखि राखेका छौं । त्यस्ता डेरी पसलहरुमा विना लेभलका उत्पादनहरु बिक्रिवितरण भइरहेका छन् । जसमा दही,पनिर लगायतका उत्पादनहरु बिना लेभल बिक्रि भएका छन् । यस्ता प्रकारका उत्पादनको गुणस्तरको सुनिश्चित नहुन सक्छ । त्यसैले यस्ता उत्पादन हामीले खादा समस्या आउन सक्छ । यस्ता साना डेरीसप लगायतका पसलहरु तथा उद्योगहरुलाई विभागले अनुगमन गर्दै आएको छ ।अनुगमनमा लेभलहरु लगाउने,गुणस्तर नाप समेत भइरहेको छ । यदि कसैले घरेलु स्तरमै डेरी उत्पादन गरि राख्नु भएको छ भने डेरीमा अतिसुस्म जीवाणुहरु उपस्थिती रहन्छ । त्यसैले त्यसलाई गुणस्तरिय बनाउनको लागि सरसफाईमा ध्यान दिनु पर्छ । दुग्धजन्य वस्तु ढुवानी गर्दा आल्मुनियमको क्यानको पयोग गर्नुपर्छ । जथाभावी रुपमा प्लाष्ट्रिकको जर्किनमा ल्याउने र सरसफाइ नगर्दा किसानले उत्पादन गरेको शुद्ध र स्वच्छ भए पनि उत्पादन स्थानसम्म पुग्दा संक्रमण हुन्छ । दुधमा जथाभावी रुपमा सोडा,चिनी, सल्टहरु प्रयोग भइरहेको भन्ने गुनासा आएका छन्। यस्ता खालका समस्या विशेष गरेर गर्मीको समयमा बढी देखिने र सुस्म जीवाणु अत्याधिक मात्रामा हुने हुँदा यस्तो खालको अवैधानिक कामहरु भइरहेको छ । विगतमा यस्तो गरेको पाइएकाले यस्तो खालको काम नगर्नु होला । यस्तो गर्दा खाद्य ऐन बमोजिम कानूनी रुपमा कडा कारबाही गरिन्छ । विभागले तत्कालिन रुपमा दुग्ध पदार्थको गुणस्तरको विषयमा निर्देशिका बनेका छन्। निर्देशिका विशेष गरेर दुध,पानी,खानेतेल लगायत दैनिक उपभोग हुने बस्तुमा गुणस्तर कायम गर्नको लागि निरन्तर रुपमा विभाग लागेको छ । दीर्घकालिन रुपमा खाद्य स्वच्छता तथा गुणस्तर विद्येयक राष्ट्रिय सभामा रहेको छ । छिटै प्रतिनिधिसभाबाट यो विद्येयक पास भएर लागू भएमा सम्पूर्ण खाद्य श्रीङ्खलामा परिर्वन आउने छ ।’

महानिर्देशक वैघेले दुग्धजन्य पदार्थमा गुणस्तर कायम गर्ने ऐन परिमार्जन गर्नु पर्ने भएकाले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक राष्ट्रिय सभाबाट पास भएको बताइन् ।

उनले अब छिटै प्रतिनिधि सभाबाट यो विद्येयक पास हुने तयारीमा रहेको बताइन् । यो विद्येयक प्रनिधिसभाबाट पास भएर लागू भएमा सम्पूर्ण खाद्य श्रृंखलामा परिर्वतन आउने उनको भनाई छ ।

Advertisement

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top