युक्रेनमा स्वास्थ्य संस्थामाथि आक्रमण गरेर रुसले अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन गर्योः डब्ल्यूएचओ

३ चैत ७८, शुक्रबार

४ चैत्र, एजेन्सी ।
युक्रेनमा स्वास्थ्य संस्थामाथि आक्रमण बढेको भन्दै विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले चिन्ता व्यक्त गरेको छ।

रुसले युक्रेनमा आक्रमण सुरु गरेयता स्वास्थ्य संस्थालक्षित ४३ वटा आक्रमणका घटना भएका डब्ल्यूएचओले जनाएको छ। ती आक्रमणमा परि ज्यान गुमाउने र घाइते हुनेमा स्वास्थ्यकर्मी पनि रहेका छन् । तर पूर्ण विवरण खुलाइएको छैन।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले सुरक्षा परिषद् बैठकमा स्वास्थ्य संस्थामाथि गरिएको हमलाबाट अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन भएको बताए । आक्रमणका घटनाबाट अत्यावश्यकीय आपूर्ति पुर्याउन राष्ट्र सङ्घीय टोली विफल भइरहेको पनि उनले बताए।

Advertisement

राष्ट्र सङ्घका अनुसार रुसले युक्रेनमाथि आक्रमण सुरू गरेयता अहिलेसम्म १९ सय जना मारिएका छन्। मारिनेमा ५२ जना बालबालिका रहेका राष्ट्र सङ्घलाई उदृत गरी बीबीसीले जनाएको छ । युक्रेनका विभिन्न सहरबाट पछिल्लो पटक झण्डै चार हजार नागरिकको उद्धार गरिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top