उम्मेदवार बन्ने जनप्रतिनिधिले मनोनयन दर्ताअघि राजीनामा दिनुपर्ने

४ चैत्र, विराटनगर ।
वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुने भए जनप्रतिनिधिहरूले राजीनामा दिनुपर्ने भएको छ।

Advertisement

०७९ वैशाख ३० मा हुने स्थानीय चुनावमा उम्मेदवार बन्ने भए ०७४ को चुनावबाट जनप्रतिनिधि बनेकाले राजीनामा दिनुपर्ने निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा उल्लेख छ।

चुनावबाट निर्वाचित वा मनोनीत व्यक्ति उम्मेदवार बन्ने भए मनोनयन दर्ताअघि नै राजीनामा दिइसक्नुपर्ने आयोगको आचारसंहितामा उल्लेख छ।

Advertisement

‘कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा सुविधा वा पारिश्रमिक पाउने गरी बहाल रहेको निर्वाचित वा मनोनीत पदाधिकारीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता गर्नुअगावै बहाल रहेको पदबाट राजीनामा गर्नुपर्नेछ,’ निर्वाचन आचारसंहिता २०७८ को दफा ३६ मा भनिएको छ।

यदी कसैले आचारसंहिता अटेर गरेको पाइएमा उजुरी दिनसमेत आग्रह गरिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय वा निर्वाचन कार्यालयमा उजुरी दिन सकिनेछ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top