Nepal Times
Nepal Times
3
Shares

शिक्षक लाइसेन्सको परीक्षामा अबदेखि वस्तुगत प्रश्न मात्रै सोधिने

शिक्षक लाइसेन्सको परीक्षामा अबदेखि वस्तुगत प्रश्न मात्रै सोधिने

४ चैत्र, विराटनगर ।
शिक्षण अनुमति पत्र लाइसेन्सको परीक्षामा अबदेखि वस्तुगत प्रश्न मात्रै सोधिने भएको छ ।

शिक्षक सेवा आयोगले यसअघि ६० प्रतिशत विषयगत र ४० प्रतिशत वस्तुगत प्रश्न सोध्ने गरेकोमा अबदेखि प्रतिप्रश्न दुई अङ्कको दरले ५० वटा वस्तुगत प्रश्न सोधिने आयोगले जनाएको छ । यसअनुसार परीक्षा सय पूर्णाङ्कको हुनेछ ।

पास हुन ५० नम्बर ल्याउनुपर्छ । परीक्षा एक घण्टाको हुनेछ । एउटा प्रश्नको जवाफ मिलाएमा परीक्षार्थीले २ नम्बर पाउनेछन् । शिक्षण अनुमति पत्र लाइसेन्सको परीक्षामा वस्तुगत प्रश्न मात्रै सोध्ने गरी पाठ्यक्रम समेत परिवर्तन गरिएको आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले बताए ।

यो पाठ्यक्रम चैत २ पछि हुने परीक्षामा लागू हुने पनि आयोगले जनाएको छ । परीक्षाफल छिटो आउने भएकोले वस्तुगत प्रश्न मात्रै सोध्ने निर्णय गरिएको उनको भनाइ छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.