निजामती कर्मचारीका सन्तानलाई पाँच लाखसम्म छात्रवृत्ति

३ चैत ७८, शुक्रबार

४ चैत्र, विराटनगर ।
सरकारले निजामती कर्मचारीका सन्तानलाई पाँच लाख रूपैयाँसम्म छात्रवृत्ति दिने भएको छ।

Advertisement

स्नातक तह पढ्न एक पटकका लागि उक्त रकम छात्रवृत्ति पाइनेछ। निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउनेसम्बन्धी निर्देशिका २०७८ मा पाँच लाखसम्म दिन सकिने व्यवस्था गरिएको छ।

२० लाख रूपैयाँभन्दा बढी शिक्षण शुल्क लाग्ने भए पाँच लाख रूपैयाँ छात्रवृत्ति पाइनेछ। १५ लाखदेखि बढी २० लाखसम्म शुल्क लाग्ने भए चार लाख, दश लाखदेखि १५ लाख शिक्षण शुल्क लाग्ने भए तीन लाख छात्रवृत्ति पाइनेछ।

Advertisement

एक लाख रूपैयाँभन्दा कम शिक्षण शुल्क लाग्ने भए लागेको शुल्कबमोजिमको रकम छात्रवृत्ति दिने निर्देशिकामा उल्लेख छ। विदेशमा अध्ययन गरेको र तीनै तहका सरकारबाट छात्रवृत्ति प्राप्त गरेकोले भने छात्रवृत्ति पाउने छैनन्।

छात्रवृत्ति प्रदान गर्नका लागि सचिवको अध्यक्षतामा एक समिति रहनेछ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top