×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सिँचाईमा खपत हुने विद्युत निःशुल्क बनाउने मन्त्रीको घोषणा

४ चैत्र २०७८

४ चैत्र, काठमाडौं ।
ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले सिँचाईमा खपत हुने विद्युत निःशुल्क बनाउने घोषणा गर्नु गरेकीछिन् ।

मन्त्री भुसालले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाई मुलुकको अर्थतन्त्रलाई टेवा पु¥याउनका लागि आफूले सिँचाईमा खपत हुने विद्युत निःशुल्क बनाउने लक्ष्य लिएको पनि स्पष्ट पारिन् । गत मंसीर १ गतेबाट सिंचाईमा खपत हुने विद्युतको शुल्क ५० प्रतिशत घटाएको उल्लेख गर्दै उनले अव त्यसलाई निःशुल्क बनाएर मुलुकको अर्थतन्त्रमा टेवा पु¥याउन आफूलागि परेको बताइन् ।

Advertisement
Advertisement

शुक्रबारबाट काठमाडौंमा सुरु भएको नेपाल हस्तकला महासंघको ४१ औं वार्षिक साधारण सभामा बोल्दै मन्त्री भुसालले नेपालमा उत्पादित हुने बस्तुहरु आयात नगर्न पनि व्यवसायीहरुलाई पटकपटक आग्रह गरिन । उनले नाफा हुन्छ भन्दैमा प्लाष्टिकका फूलहरु आयात गर्ने काम व्यवसायीहरुले गर्न नहुने धारणा राखिन् ।

उद्योगीहरुले मुलुकको मुलुकको अर्थतन्त्रलाई टेवा पु¥याउने खालको बस्तुहरुको उत्पादन र विक्रीवितरणमा ध्यान दिनुपर्ने उनको भनाई थियो । मन्त्री भुसालले नेपालको अर्थतन्त्रलाई बलियो बनाउन नेपाली हस्तकलाका बस्तुहरुको निर्यातमा जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याइन् ।

उनले भनिन्, ‘नाफा हुन्छ भनेर जे पनि व्यवसाय नगरौं  भनेर म विशेष ढंगले आग्रह गर्न चाहन्छु । हामी धेरै कुरा गर्छौ । धेरै कुरा माग्छौं । तर कमसेकम व्यवसाय पनि त्यस्तो गरौं, जसले राष्ट्रिय अर्थतन्त्रलाई टेवा पु¥याउँछ । हाम्रो देश भित्र हुने कुरा चाँही आयात नगरौं ।

अहिले साँढे २ खर्वको वार्षिक रुपमा खाद्यन्न, तरकारी र फलफूल आयात हुन्छ । त्यसलाई रोक्नका लागि कृषिमा आत्मनिर्भर बनौं । त्यसैका लागि आफूले मंसीर १ गतेबाट सिँचाईमा खपतमा हुने विद्युतको मूल्य ५० प्रतिशत घटाएको छु । मेरो उद्देश्य त्यसलाई निःशुल्क बनाउनेछ ।’

कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बजारको माग अनुसार हस्तकला सामग्रीहरुको विक्रीवितरण गर्न उद्योगीहरुलाई आग्रह गरे । उनले हस्तकलाका सामग्रीको प्रवद्र्धनका लागि औद्योगिक ग्राम बनाउनुपर्ने र त्यसका लागि आवश्यक पूर्वाधार विकासका लागि काठमाडौं महानगरपालिकाकाले आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले हस्तकलाका सामग्रीहरुको उत्पादन र विश्व बजारमा निर्यातका लागि सहयोग गर्ने भन्दै त्यसका लागि आवश्यक सुझाव दिन सम्बन्धित क्षेत्रका उद्योगीहरुलाई आग्रह गरे ।

Advertisement

उनले कोभिडका लागि हस्तकला क्षेत्रका व्यवसायीहरु पलायन हुने अवस्था आएको उल्लेख गर्दै उनीहरुलाई पलायन हुन नदिन आफूले सक्दो पहल गर्ने पनि बताए ।
मेयर महर्जनले भूकम्पले ध्वस्त बनाएका सम्पदाहरुको पुनर्निर्माणको कामलाई आफूहरुले स्थानीयबासीकै सहकार्यमा अघि बढाएको पनि स्मरण गराए ।

भर्खरको समाचार

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

सम्बन्धित खबरहरु

Scroll to Top