×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रचण्ड र माधव नेपाल दक्षिणपन्थी अवसरवादका नमुना हुन्ः शंकर पोखरेल

४ चैत्र २०७८

४ चैत्र, धादिङ ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई दक्षिणपन्थी अवसरवादीको संज्ञा दिएका छन्।

धादिङ एमालेको कार्यक्रमलाई शुक्रबार सम्बोधनका क्रममा महासचिव पोखरेलले यस्तो बताएका हुन्। नेपालको कम्युनिष्टमा अवसरवाद कस्तो छ भन्ने थाहा पाउन प्रचण्ड र माधव नेपालको अनुहार देखाइदिए हुन्छ।

Advertisement
Advertisement

उनीहरु दक्षिणपन्थी अवसरवादका नमुना हुन्, उनले भने, यिनीहरुले कम्युनिष्टको दुईतिहाइलाई शेरबहादुर देउवाको पाउमा चढाइदिए। प्रचण्डले उनै देउवालाई २०५२ साल फागुन १ गते ४० बुँदे माग राखेर जनयुद्धमा होमिएको पनि पोखरेलले सम्झिए।

शेरबहादुर देउवालाई ४० बुँदे माग राखेर प्रचण्डले जनयुद्ध सुरु गरेका थिए। तिनै प्रचण्ड आजभोलि शेरबहादुर देउवा नहुने हो भने लोकतन्त्रको रक्षा हुन सक्दैन भन्दैछन्, उनले भने, शेरबहादुर देउवा नहुने हो भने माओवादी पार्टीको कल्याण हुन सक्दैन भन्दैछन्। यो भन्दा अवसरवाद अर्को के हुन्छ?

तत्कालीन नेकपा कब्जा गर्न खोज्दा प्रचण्ड र माधव नेपाल एकै चोटी सडकमा पछारिएको पनि बताएका छन्।

प्रचण्ड र माधव नेपालले कम्युनिष्ट सरकारको जनमत शेरबहादुर देउवाको पाउमा लगेर चढाउन खोजिएपछि प्रतिनिधिसभा विघटन गर्न खोजिएको हो, उनले भने, अहिले प्रचण्डले स्थानीय तहको चुनाव ६ महिना पछि सारौँ भनिरहेका छन्। तर केपी शर्मा ओलीले अर्ली इलेक्सन भन्दा प्रतिगमन हुने तर प्रचण्डले चुनाव सारौँ भन्दा अग्रगमन हुने हो र?

Advertisement

अर्कातिर माधव नेपालले पनि अहिले आएर संसद विघटनको प्रस्ताव अघि सारेको भन्दै पोखरेलले कटाक्ष गरे। माधवकुमार नेपालले एक दिन भनेछन्, एमालेले संसदमा नारा लगाइरह्यो, अब संसद भंग गरौँ, उनले भने, त्यही काम केपी ओलीले गर्दा बेठीक तर त्यही कुरा आफूले गर्न खोज्दा ठीक हुने भन्ने यो कस्तो राजनीतिक चरित्र हो ?

भर्खरको समाचार

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

सम्बन्धित खबरहरु

Scroll to Top