×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पत्रपत्रिकाको वर्गीकरणमा पुनरावलोकन गर्न प्रेस युनियनको माग

३१ श्रावण २०७५

विराटनगर, साउन ३१
नेपाल प्रेस युनियन मोरङले प्रेस काउन्सीलले सार्वजनिक गरेको पत्रपत्रिकाको नतिजाप्रति आपत्ति जनाउँदै तत्काल पुनरावलोकन गर्न माग गरेको छ । युनियनले बिहीबार मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीमार्फत सञ्चारमन्त्री गोकुल बास्कोटालाई ज्ञापनपत्रसमेत पठाएको छ ।

प्रेस काउन्सील नेपालले साउन २४ गते सार्वजनिक गरेको पत्रपत्रिकाको वर्गीकरणको नतिजाप्रति आपत्ति जनाउँदै युनियनले ज्ञापनपत्र पठाएको प्रेस युनियन मोरङका अध्यक्ष मीनकुमार नवोदितले जानकारी दिए ।

निर्णय तत्काल सच्याई पारदर्शी र निष्पक्ष ढंगबाट प्रक्रियागत रुपमा नतिजा सार्वजनिक गर्न युनियनले माग गरेको छ । नतिजा निकाल्ने क्रममा राजनीतिक आग्रह, व्यक्तिगत पूर्वाग्रह र कृपावाद हाबी भएको ज्ञापनपत्रमा उल्लेख छ ।

नियमित रुपमा प्रकाशन भइरहेका पत्रपत्रिकालाई वर्गीकरणमा घटुवा गरी सोही ठाउँमा कहिलेकाहीं प्रकाशित हुने पत्रपत्रिकालाई बढुवा गरिएको युनियनले आरोप लगाएको छ । काउन्सीलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले एकलौटी रुपमा सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयमा बुझाई सार्वजनिक गरिएको नतिजा पूर्वाग्रह र राजनीतिक प्रतिशोध साँधिएको दस्ताबेजका रुपमा लिएको ज्ञापनपत्रमा भनिएको छ ।

२०५८ सालदेखि प्रकाशित र २०६० सालदेखि निरन्तर रुपमा (ग) वर्गीकरणमा पर्दै आएको मोरङको उर्लाबारीबाट प्रकाशित हुने अलकापुरी नेपाल साप्ताहिक, राष्ट्रिय समाचारपत्र दैनिक, पथरीबाट प्रकाशित हुने कुरकुरे डट कम साप्ताहिक यसपटक कुनै स्तरमा नपर्नु र उर्लाबारीबाटै प्रकाशित हुने निगरानी दैनिक (क) बाट एकैपटक (घ) मा घटुवा हुनुले काउन्सीलको निर्णय राजनीतिक प्रतिशोधले भरिएको ज्ञापनपत्रमा उल्लेख छ ।

विराटनगरबाट प्रकाशित हुने सृष्टि दैनिक, नेसनल पोष्ट साप्ताहिक, कान्तिपथ साप्ताहिक, जनहित साप्ताहिक, विराटनगर साप्ताहिकलगायतको वर्गीकरणलाई पुनरावलोकन गर्न माग गरिएको सचिव विनोद सुवेदीले बताए ।

मागलाई सम्बन्धित निकायले बेवास्ता गरे केन्द्रको निर्देशनबमोजिम चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिइएको छ । साथै भदौ १ गतेदेखि लागू हुन गइरहेको मुलुकी अपराध (संहिता) ऐन र मुलुकी देवानी (संहिता)ले प्रेसजगतलाई अंकुश लगाउने किसिमको भएको युनियनको ठहर छ ।

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top