पोग्बाको विश्वकप मेडल चोरी

पोग्बाको विश्वकप मेडल चोरी

९ चैत्र, एजेन्सी ।
इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडका फ्रेन्च मिडफिल्डर पउल पोग्वाले विश्वकपमा जितेको मेडल हराएको बताएका छन्।

अघिल्लो हप्ता च्याम्पियन्स लिग अन्तर्गत स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग खेल्न गएको बेला घरमा चोरी भएको र त्यतिबेलै विश्वकपको मेडलसहित गरगहनासमेत हराएको बताएका हुन्। महत्वपूर्ण कुरा भनेको घरमा सुतेका मेरा बच्चाहरु ठीक छन्। उनले ले फिगरोसँग भनेका छन्।

सन् २०१८ को विश्वकप फ्रान्सले क्रोएसियालाई फाइनलमा ४(२ ले हराउँदै स्थान बनाएको थियो। त्यहाँ मेरो आमाको गहनाहरु र विश्वकप जित्दाको मेडल थिए, उनले भनेका छन्, सबै भन्दा डरलाग्दो कुरा भनेको घटना हुँदा मेरा दुईवटा बच्चाहरु धाइआमासँग घरमा थिए।

उनले सबै कुरा सुनिन्, मेरी श्रीमती र सुरक्षालाई फोन गरिन्, त्यसपछि बच्चाहरुसँग कोठामा बन्द गरिन्। धेरै दिनसम्म उनी स्तब्ध भइन्। आफ्नो बच्चाहरुलाई पर्याप्त सुरक्षा दिन नसकोमा आफूलाई धेरै नराम्रो लागेको पोग्बाले उल्लेख गरेका छन्।

ग्रेटर म्यानचेस्टर पुलिस (जीएमपी)ले घटनाको अनुसन्धान चलिरहेको जनाएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.