Nepal Times
Nepal Times
3
Shares

प्रधानमन्त्रीद्वारा दिगो पर्वतीय अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन

प्रधानमन्त्रीद्वारा दिगो पर्वतीय अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन

९ चैत्र, काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले दिगो पर्वतीय अन्तर्राष्ट्रिय सम्मेलनको आज उद्घाटन गरेका छन् ।

वन तथा वातावरण मन्त्रालयद्वारा काठमाण्डौको चन्द्रागिरिमा आयोजित यस दुई दिने सम्मेलनमा विश्वका १३ देशका दुईसय जनाको सहभागिता रहने छ । तीमध्ये सय जना भौतिक रुपमा र बाँकी सय जना भर्चुअल माध्यमबाट सहभागिता जनाउने बताइएको छ ।

सम्मेलनमा पर्वतीय वातावरणसँग सम्बन्धित पाँच वटा विधामा कार्यपत्र प्रस्तुति र छलफल हुनेछ । दिगो विकास, पर्वतीय अर्थतन्त्र, पर्वतीय जैविक विविधता तथा पारिस्थितिकीय प्रणाली, पर्वतीय संस्कृति, पर्वतीय महिला र पर्वत–समथर भूभागबीचको अन्तरसम्बन्धलगायतका विधामा विज्ञहरुले कार्यपत्र प्रस्तुत गरी क्षेत्रीय नीतिनिर्माणका लागि सुझाव प्रस्तुत गर्नेछन् ।

सम्मेलनको उद्घाटनका लागि प्रधानमन्त्री देउवा आज बिहान हेलिकप्टरबाट चन्द्रागिरिमा रहेको चन्द्रागिरि हिल्स रिसोर्टमा पुगेका थिए ।(रासस)

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.