देशभरका यातायात कार्यालयका सेवा अनिश्‍चितकालका लागि बन्द

८ चैत ७८, बुधबार

९ चैत्र, विराटनगर ।
देशभर यातायात कार्यालयका सबै सेवा अनिश्चितकालका लागि बन्द हुने भएका छन्।

यातायात व्यवस्था विभागले बुधबार सार्वजनिक सूचना जारी गर्दै सर्भरहरुमा विद्युतीय समस्या देखिएको भन्दै सबै सेवा अनिश्चतकालका लागि बन्द गरेको जनाएको हो ।

विभागले बुधबार अपरान्ह ५ बजेदेखि कार्यान्वयन हुनेगरी सबै सेवा बन्द गर्ने निर्णय गरेको विभागका प्रवक्ता डा.लोकनाथ भुसालले बताए।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top