×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

साढे ३३ किलो सुन तस्करी मुद्धा : उच्च अदालतद्धारा जिल्ला अदालतको फैसला सदर

१ भाद्र २०७५

विराटनगर,भदौ १
साढे ३३ किलो सुन तस्करी र मोरङको उर्लाबारीका सनम शाक्य हत्या प्रकरण मद्दाका तीन जना अभियुक्तलाई जिल्ला अदालत मोरङले गरेको थुनछेकको आदेशलाई उच्च अदालत विराटनगरले सदर गरेको छ । पुर्पक्षको लागि थुनामा रहेका पुन्यप्रसाद लामा, सम्बिरप्रसाद तोलाङे र राजन कुमारलाई उच्च अदालत विराटनगरले विहीबार जिल्लाको आदेशलाई सदर गरेको हो ।

सुन तस्करी प्रकरण मुद्दामा थुनामा रहेका ३० जना बन्दीहरुले जिल्ला अदालतको आदेश चित्त नबुझेपछि मुलुकी ऐनको अदालती बन्दोवस्तीको १७ नम्बर गरेका थिए । जसमा बुधबार उच्च अदालतमा दुई वटा इजालमा छुटाछुटै बहस भएको थियो । उच्च अदालतका मुख्य न्यायाधिस डा. कुलरत्न भुर्तेल र न्यायाधिस उमेशकुमार सिंहको संयुक्त १ नम्बर इजलासले लामा र तोलाङेलाई जिल्लाको आदेश सदर गरेको हो ।

Advertisement
Advertisement

त्यस्तै न्यायाधिसद्धय हरिप्रसाद भण्डारी र ऋषिराम दवाडीको संयुक्त २ नम्बर इजालसले राजन कुमारको हकमा पनि जिल्लाको आदेश सदर गर्ने आदेश गरेको छ । १ नम्बर इजालमा भएको बहसमा वादीकोतर्फबाट सरकारी वकिलको कार्यालय विराटनगरका जिल्ला न्याधिवक्ता पुण्यप्रसाद पाठक, जिल्ला सहन्याधिवक्ता पदमप्रसाद वस्तरीले बहस गरेका थिए । प्रतिवादीको तर्फबाट अधिवक्ता रमिता महर्जन, हरिनारयण चौधरी र उद्धबप्रसाद घिमिरले गरेका थिए ।

त्यस्तै २ नम्बर इजालसमा भएको बहसमा बादीकोतर्फबाट जिल्ला सहन्याधिवक्ता पदम वस्तीले गरेका थिए भने प्रतिवादीकोतर्फबाट विकास थापा र यामबहादुर मगरले गरेका थिए । अभियुक्त भएको भन्दै जिल्ला अदालतको आदेशमा पुर्पक्षका क्रममा जिल्ला अदालतको आदेशमा कारागार चलान भएका प्रहरी अधिकारीहरु दिवेश लोहनी, विकासराज खनाल, सञ्जयबहादुर राउत, गोविन्द्र प्रसाद निरौला र हेमन्त गौतमको एकै थान रहेको मुद्दालाई फुटाएर पेश गर्न आदेश उच्च अदालतले आदेश दिएको छ।

Advertisement

न्यायाधीश थीरबहादुर कार्की र जनक पाण्डेको संयुक्त इजलासले बिहीबार पाँचै जना आरोपीको एकै थान रहेको मुद्दालाई बेग्ला बेग्लै बनाएर पेश गर्न आदेश दिएकोे हो। यी पाँचै जनाले असार ७ मा उच्च अदालतमा निवेदन दिएकाले एकै थान बनाएर मुद्दा पेश भएको थियो । थुना मुक्त भई मुद्दाको पुर्पक्ष गर्न पाउँ भनी उच्च अदालतमा ३० आरोपीको पेशी चढेको थियो। ती मध्ये बिहीबार ८ जनाको मात्र सुनवाई भएको हो ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top