×

NEPAL TIMES UPDATES

Playing
ममता हारेपछि बीजेपीले चलायो बुल्डोजर, कलकत्तामा हिंसा|| Nepal Times
May 06, 2026
Playing
जताततै राजनीतिकरण, यसैले बालेनले लगाए दलीयकरणविरुद्ध ‘डोजर’ || Nepal Times
May 06, 2026
Playing
भारत–पाकिस्तानबीच थप खत*रनाक यु*द्ध हुनसक्ने अमेरिकी एक्स*पर्टको चेता*वनी|| Nepal Times
May 06, 2026
Playing
संवैधानिक परिषद्को बैठक भोलि ः प्रधानन्यायाधीशमा कसलाई सिफारिस ? || Nepal Times
May 06, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-23-2083 || Nepal Times
May 06, 2026
Playing
जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ? || Nepal Times
May 06, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ गर्न इन्टरपोलले किन मानेन ?|| Nepal Times
May 06, 2026
Playing
चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ|| Nepal Times
May 06, 2026
Playing
नबोलेरै विश्व हल्लाएका नेताहरु, त्यही बाटोमा हिड्दैछन् बालेन|| Nepal Times
May 06, 2026
Playing
४८ घण्टाको पावर गेमः मधेशमा सत्ताको नाटक || Nepal Times
May 06, 2026

प्रधानमन्त्री देउवा अर्को हप्ता भारत भ्रमणमा जाने

११ चैत्र २०७८

११ चैत्र, काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीनदिने औपचारिक भ्रमणमा जाने भएका छन् ।

पाँचौंपटक प्रधानमन्त्री भएपछि देउवाले पहिलो औपचारिक भ्रमण चैत १८ देखि २० सम्म भारतमा गर्ने भएका हुन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा देउवाले भारत भ्रमण गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Advertisement
Advertisement

उत्तरी छिमेकी चीनबाट उच्चस्तरीय नेपाल भ्रमण भएको एक साताभित्रै देउवा भारत प्रस्थान गर्न लागेका हुन् । भारत भ्रमणको गृहकार्य बालुवाटार र परराष्ट्र मन्त्रालयले सुरु गरिसकेका छन् । देउवा र मोदीबीच गत पुस (२५–२८) मा गुजरातको गान्धीनगरमा हुने भनिएको ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ मा भेटवार्ता हुने कार्यक्रम थियो ।

तर कोभिड–१९ महामारी फैलिएका कारणले उक्त भ्रमण स्थगित भएको थियो । मोदीसँग सम्बन्ध सुधार गर्न चाहिरहेका देउवा स्थानीय चुनावको आचारसंहिता जारी हुनुअघि नै भारत पुगेर आउन लागेका हुन् । देउवा र मोदीबीच गत कात्तिकमा स्कटल्यान्डको ग्लास्गोमा भेटवार्ता भएको थियो ।

उक्त भेटवार्ताका दौरानमा दुवैले द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउनेमा जोड दिएका थिए । तर नेपाल सरकारले तयार गरेको चुच्चे नक्सामा तत्कालीन प्रतिपक्ष कांग्रेसको सहयोगलगायत कारणले भारत देउवासँग असन्तुष्ट थियो ।

देउवा पाँचौं पटक प्रधानमन्त्री हुँदा संसद्बाट विश्वासको मत लिएपछि मात्र मोदीले बधाई दिएका थिए । अरू बेला नेपालमा नयाँ प्रधानमन्त्री नियुक्त हुनासाथ भारतीय समकक्षीबाट बधाई आउने गरेको थियो । भारतसँगको सम्बन्ध सुधार्न देउवाले ग्लास्गोलाई प्रयोग गरेका थिए । कोप–२६ का दौरान ग्लास्गोमा भएको भेटमै मोदीले देउवालाई भ्रमणको निम्तो दिएका थिए ।

देउवाले पछिल्लो पटक २०७४ भदौमा भारतको पाँचदिने राजकीय भ्रमण गरेका थिए । त्यसबेला कांग्रेस र माओवादी केन्द्रको संयुक्त सरकार थियो । अहिले पनि देउवाको नेतृत्वमा माओवादी केन्द्रसहित अन्य दल सम्मिलित सरकार छ ।

‘भारतसँग सम्बन्ध थप मजबुत बनाउनुपर्‍यो, प्रधानमन्त्री देउवाको भारत भ्रमण भएन भनेर टीकाटिप्पणी भइरहेका बेला भ्रमण तय हुनाले सकारात्मक सन्देश प्रवाह गरेको छ,’ देउवा अघिल्लो पटक प्रधानमन्त्री रहेका बेला परराष्ट्र मामिला सल्लाहकार रहिसकेका कूटनीतिज्ञ दिनेश भट्टराईले भने ।

उनी नेपालले छिमेकीलाई पहिलो प्राथमिकता दिनुपर्ने र अन्य मुलुकसँग आवश्यकताका आधारमा सम्बन्ध विस्तार गर्नुपर्ने बताउँछन् । ‘अहिले चीनका विदेशमन्त्री (वाङ यी) जी नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । त्यसपछि प्रधानमन्त्री देउवाजीको भारत भ्रमण हुन्छ,’ उनले भने, ‘यसले दुई छिमेकीसँगको सम्बन्ध विस्तार गर्न थप टेवा पुग्छ ।’

नेपालले चुच्चे नक्सा ल्याएपछि नेपाल र भारतबीच उच्चस्तरमा द्विपक्षीय कूटनीतिक संवाद पातलिएको छ । त्यसयता सीमा विवाद, दार्चुलाको तुइन काण्ड र हेलिकोप्टर उडान घटनालगायतले नेपाल–भारत सम्बन्ध थप प्रभावित भएको थियो ।

दुई मुलुकबीच चिसिएको सम्बन्धमा सुधार ल्याउन पछिल्लो समय नेपालबाट मात्र होइन, भारतीय पक्षबाट पनि पहल भइरहेको छ । भारतका रक्षामन्त्री राजनाथ सिंह र पर्यटनमन्त्री जी किसन रेड्डीले केही महिनाअघि भारत र नेपालबीचको सम्बन्धमा कसैले फाटो ल्याउन नसक्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

रक्षामन्त्री सिंहले गत मंसिर २९ मा उत्तराखण्डमा एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल असल मित्र भएको उल्लेख गर्दै नेपालसामु आवश्यक परे झुक्ने तर सम्बन्ध बिग्रन नदिने बताएका थिए । यस्तै, पर्यटनमन्त्री रेड्डीले पुस ८ मा नयाँदिल्लीमा केही शक्ति नेपाल–भारत सम्बन्ध तोड्ने प्रयासमा रहे पनि त्यसमा सफल नहुने बताएका थिए ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा अन्तर्राष्ट्रिय मामिलाका जानकार खड्ग केसी एमसीसी सम्झौता अनुमोदनपछि अमेरिका उत्साहित बनेको र चिनियाँ चासो बढेको पृष्ठभूमिमा देउवाको भारत भ्रमण हुन लागेको बताउँछन् । ‘नेपालले एमसीसी सम्झौता अनुमोदन गरेपछि अमेरिका उत्साहित भयो ।

Advertisement
Advertisement

हाम्रो सरकार र अमेरिकी अधिकारी धेरै नजिकिए । त्यसलाई बुझ्न चिनियाँ विदेशमन्त्री नेपाल आउन लागेको जस्तो छ,’ उनले भने, ‘भारतले पनि नेपालमा चीनको सक्रिय सहभागिता भएको संकेत गर्दै प्रधानमन्त्री देउवालाई भ्रमणमा बोलाएको जस्तो देखिन्छ ।’

भर्खरको समाचार

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’नोट’सम्मः सीमा रक्षाको संघर्ष

Kalapani-Lipulekha-Limpiyadhura

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन

666707698_875077882223921_4422618132601218086_n

जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ?

nepali paisa

सरकारले ८० हजार टन मल किन्दै

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

बन्द भए ट्रेड युनियनका कार्यालय, अध्यादेशपछि एक्सनमा सरकार

42412c11-68f9-4814-ade7-2710d505dd4c

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top