चीन र भारतका विदेश मन्त्रीबीच नयाँदिल्लीमा भेटवार्ता

११ चैत ७८, शुक्रबार
Share this
764shares

११ चैत्र, एजेन्सी ।
चीन र भारतका विदेश मन्त्रीबीच नयाँदिल्लीमा भेटवार्ता भएको छ।

Advertisement

चिनियाँ विदेश मन्त्री वाङ यी बिहीबार साँझ अचानक नयाँदिल्ली आइपुगेका थिए। उनले भारत भ्रमण गर्ने भनिए पनि दुबै पक्षले औपचारिक जानकारी दिएका थिएनन्। बिहीबार साँझ यी चार्टर्ड फ्लाइटमा अफगानिस्तानको राजधानी काबुलबाट दिल्ली उत्रिएका थिए।

दिल्लीमा शुक्रबार बिहान उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभललाई भेटेका छन्। झन्डै दुई वर्षअघि गल्वान उपत्यकामा चिनियाँ र भारतीय सेनाबीच झडप भएपछि पहिलो पटक चिनियाँ विदेश मन्त्री नयाँदिल्ली पुगेका हुन्।

Advertisement

उनीहरूबीच सीमामा तनाव कम गर्नेलगायत विषयमा छलफल हुने बताइएको छ। दिल्लीबाट शुक्रबार साँझ चिनियाँ विदेश मन्त्री काठमाडौं आइपुग्ने छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top