Nepal Times
Nepal Times
3
Shares

उदयपुरमा आगलागीमा परेर एक जनाको मृत्यु, सात घर जलेर नष्ट

उदयपुरमा आगलागीमा परेर एक जनाको मृत्यु, सात घर जलेर नष्ट

१४ चैत, उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका–१ शिखरपुरमा आगलागीमा परेर एक जनाको ज्यान गएको छ । सात घर जलेर नष्ट भएका छन् ।

हिजो दिउँसो लागेको आगोका कारण त्यहाँकी ६८ वर्षीया शिवमाया मगरको घटनास्थलमै ज्यान गएको उदयपुरका प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादवले जानकारी दिए । उनका अनुसार विद्युत् सर्ट भएर आगो लागेको अनुमान गरिएको छ ।

घटनाको अनुसन्धान भइरहेको छ । आगो हिजो बेलुका नै निभाइएको र पीडित परिवारलाई राहत दिने तयारीमा जुटेको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए ।

उदयपुरगढी गाउँपालिका–१ का वडाध्यक्ष खेतबहादुर मगरकाअनुसार स्थानीय ओमबहादुर मगरको घरबाट आगो लाग्न सुरु भएको थियो।

आगलागीमा भैरव बहादुर ग्राङ्जामगर, पदमबहादुर ग्राङ्जामगर, यम्बरबहादुर ग्राङ्जामगर, दिपबहादुर ग्राङ्जामगर, धनमाया ग्राङ्जामगर, शेरबहादुर ग्राङ्जामगर र ओमबहादुर ग्राङ्जामगरको घर गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ ।

उनकाअनुसार आगलागीमा परेर सात घर पूर्णरुपमा नष्ट भएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.