Nepal Times
Nepal Times
3
Shares

सुनसरीको इटहरीमा बम विस्फोट, दुई जना घाइते

सुनसरीको इटहरीमा बम विस्फोट, दुई जना घाइते

१५ चैत, सुनसरी । सुनसरीको इटहरीमा बम विस्फोट भएको छ ।

गएराति इटहरी उपमहानगर–२ को नवजागृति टोलमा बम विस्फोट हुँदा दुई जना घाइते भएका प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार बम विस्फोटमा घाइते हुनेमा इटहरी उपमहानगर–२ नवजागृति टोलका २२ वर्षका रवीन थापा र लमजुङका २३ वर्षका शेरजङ्ग गुरुङ रहेका छन् ।

थापाको विराटनगर आँखा अस्पताल र गुरुङको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.