मेस्सी यो वर्ष अर्जेन्टिनाबाट नखेल्ने !

एजेन्सी,भदौ १
बार्सिलोनाका स्टार लियोनल मेस्सीले कम्तीमा यो २०१८ भरी अर्जेन्टिनाबाट नखेल्ने समाचार सार्वजनिक भएको छ ।पाँच पटकका बालोन डी ओर विजेता भविष्यमा अर्जेन्टिनाबाट खेल्ने नखेल्ने नयाँ प्रशिक्षकको आगमनपछि तय हुने बताइएको छ । ३१ वर्षे मेस्सी अर्जेन्टिना फुटबल संघले गर्ने नयाँ प्रशिक्षकको नियुक्तीलाई हेरिरहेका छन् । रसिया विश्व कपमा अन्तिम १६ बाट बाहिरिएपछि अर्जेन्टिनाले प्रशिक्षक जर्ज साम्पोलीलाई बर्खास्त गरेको थियो ।

त्यसपछि वेस्ट ह्यामका पूर्व रक्षक लियोन स्कालोनीलाई टोलीको कार्यवहाक प्रशिक्षक नियुक्ती गरिएको थियो । मेस्सीलार्ई २०१८ को बाँकी अवधिका लागि टोलीमा समावेश नगरिने समाचारहरुमा उल्लेख गरिएको छ । सम्भवत उनले अर्को वर्ष सन्यास लिने अनुमान गरिएको छ । विश्व कपमा आइसल्यान्ड्, नाइजेरिया र क्रोएसिया सम्मिलित समूहबाट उपविजेतका रुपमा अर्जेन्टिना अन्तिम १६ मा पुगेको थियो ।

अर्जेन्टिनाबाट १ सय २८ खेल खेलिसकेका मेस्सीले ६५ गोल गरिसकेका छन् । अहिले सम्म व्यवसायिक खेल जीवन बार्सिलोनामा बिताएका मेस्सीले १५ सिजनमा टोलीका लागि ५ सय ५२ गोल गरिसकेको छन् । उनको महत्वपूर्ण भूमिकामा अर्जेन्टिनाले २००८ मा ओलम्पिकमा स्वर्ण पदक जितेका थियो ।

Advertisement

मेस्सीले यो वर्ष नखेल्ने निर्णयलाई अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएको मान्न नमिल्ने कतिपयले बताएका छन् । अर्जेन्टिनाका पूर्व खेलाडी कार्लोस टिभेजले मेस्सीले आरामका लागि यस्तो निर्णय गरेको हुन सक्ने अनुमान लगाएका छन् । २०१६ मा चिलिसँग कोपा अमेरिका कप फाइनलमा हारेपछि मेस्सीले सन्यासको घोषणा गरेका थिए । तर अर्जेन्टिनाका समर्थकको व्यापक दबाब पछि उनी पुनः टोलीमा फर्केका थिए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top