Nepal Times
Nepal Times
3
Shares

इस्लाम धर्मावलम्बीहरुको पर्व रमजान शुरु

इस्लाम धर्मावलम्बीहरुको पर्व रमजान शुरु

२० चैत, काठमाडौँ । इस्लाम धर्मावलम्बीको पर्व रमजान शुरु भएको छ । रमजान पर्वमा मुस्लिम समुदायले एक महिनाभर बिहान सूर्योदय हुनु अघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत नखाई रोजा बस्छन् ।

उर्दू क्यालेण्डर अनुसार बिहान सवा ४ बजेदेखी बेलुका ६ बजेर २० मिनेट सम्म निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिका पनि परिवर्तन हुने गर्छ ।

रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको विश्वास गरिन्छ । दान दिनु गरीब र दीनदुःखीलाई सेवा गर्नु यो महिनाको मुख्य विशेषता हो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.