गाँजा खेतीलाई वैधानिकता दिन माग गर्दै धनकुटामा गाँजा सचेतना मेला

२१ चैत, धनकुटा । प्रतिबन्धित गाँजा खेतीलाई वैधानिकता दिन माग गर्दै धनकुटाकाको सहिदभूमि गाउँपालिकामा पहिलो पटक तीन दिने गाँजा सचेतना मेला शुरु भएको छ ।

Advertisement

भोजपुर, उदयपुर र धनकुटा गरी ३ जिल्लाका अभियान्ताहरुको संयुक्त आयोजनामा सहिदभूमि गाउँपालिका वडा नं. २ को अखुवा टारमा मेला शुरु भएको हो ।

मेलामा नेपालका विभिन्न संस्थाका गाँजा अभियान्ताहरु पुगेर कार्यक्रममा ऐक्यबद्धता जनाउँदै गाँजा खेतीलाई वैधानिकता दिन माग गरेका छन् ।

Advertisement

कार्यक्रमको उद्घाटन गाँजा वैधानिक अभियान्ता संस्थाका केन्द्रीय सल्लाहाकार राजिव काफ्ले तथा स्थानीय पालिकाका प्रमुखहरुले गाँजाको बिरुवामा पानी हालेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

हाल संयुक्त राष्ट्रसंघले समेत गाँजामा ९८ प्रतिशत भन्दा बढी औषधीय गुण भएको भन्दै गाँजालाई लागु औषधबाट हटाएकाले यसलाई नेपालमा पनि वैधानिकता दिनु पर्ने अभियान्ताहरुले माग गरेका छन् ।

Advertisement

विश्वका २३ भन्दा बढी देशमा उत्पादन हुने गाँजामध्ये नेपालको गाँजा सबैभन्दा राम्रो भएकाले यसको मूल्य भारतमा ८ लाख र यूरोपमा २५ लाख रुपैयाँसम्म रहेकोले नेपालको लागि गाँजा प्रमुख आयश्रोत हुने अभियान्ताहरुको दाबी छ ।

गाँजाबाट सयौं औषधि र मानव उपयोगी वस्तुहरु बनाउन प्रयोग हुने भएकाले यसलाई वैधानिकता दिएर किसानहरुको प्रमुख आयश्रोत बनाउन सके देश आर्थिक रुपमा समृद्ध हुने उनीहरुको भनाई छ ।

कार्यक्रममा विश्व हिन्दु महासंघका अधयक्ष ऋषिकेशजंग शाह, गाँजा वैधानिक अभियान्ता जोसेफ मदन कोईराला, सहिदभूमि गाउँपालिका धनकुटाका अध्यक्ष मनोज राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष मनोज राई लगायत स्थानीय कृषकहरुका प्रतिनिधिहरुले गाँजालाई वैधानिकता दिन माग गरेका थिए ।

तीन दिनसम्म चल्ने उक्त मेलामा गाँजा सम्बन्धी विभिन्न कपडाका स्टल तथा उत्पादन, सांस्कृतिक कार्यक्रम तथा अन्तरक्रिया कार्यक्रमहरु गरिने आयोजक समितिका सदस्य सचिव नरेन्द्र राई (कश्चित) ले बताए ।

नेपाल सरकारले गाँजालाई लागु औषधका रुपमा राखेकाले धनकुटाको छिन्ताङ्ग क्षेत्रबाट मात्र हरेक वर्ष ३० जना भन्दा बढी व्यक्ति गाँजाको कारोबारको आरोपमा पक्राउ पर्ने गरेको आयोजक समितिका अध्यक्ष तिर्थ राईले बताए । उनका अनुसार यो क्षेत्रमा मात्र वार्षिक करोडौं रुपैयाँ मूल्य बराबरको गाँजा उत्पादन हुने गर्दछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top