बालविवाह नियन्त्रणका लागि सचेतना आवस्यक

२३ चैत ७८, बिहीबार

विराटनगर, २३ चैत । बालविवाह नियन्त्रणका लागि सचेतना आवस्यक रहेको सरोकारवालाहरुले सुझाव दिएका छन् । प्रदेश १ सामाजिक विकास मन्त्रालयले आज विराटनगरमा आयोजना गरेको बाल विवाह विरुद्धको प्रादेशिक रणनीति सम्वन्धि अन्र्तक्रिया कार्यक्रमका सहभागीहरुले बाल विवाह नियन्त्रणका लागि सचेतना आवस्यक रहेको बताएका हुन ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले लक्षित वर्गमा शिक्षा महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले आर्थिक शशक्तिकरणमा पनि जोड दिनुभयो । प्रजिअ दाहालले रणनीतिको कार्यन्वयन पक्ष पनि राम्रो हुनुपर्ने सुझाव दिनुभयो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कालीप्रसाद पराजुलीले परम्परागत सोचका कारण पनि बालविवाह नियन्त्रणमा चुनौति रहेको बताउनुभयो । उहाँले कानुनी अज्ञानता, गरीवी पनि मुख्य कारण रहेको बताउनुभयो । सचिव पराजुलीले कानुनी सचेतना आवस्यक रहेकोमा जोड दिनुभयो ।

सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज मैनालीले मन्त्रालयले बालविवाह नियन्त्रणका लागि किशोरी सशक्तिकरण कार्यक्रम शुरुवात गरिएको बताउनुभयो । बालविवाह नियन्त्रणका लागि रणनीतिमा स्थानीय तहहरुबाट प्रोत्साहनका कार्यक्रम समावेश गर्न सुझाव दिनुभयो ।

जिल्ला न्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले बालविवाह नियन्त्रणका लागि विद्यालय तहमा सचेतना आवस्यक रहेको बताउनुभयो । उहाँले समुदायस्तरमा अभियानका रुपमा कार्यक्रम लैजानुपर्ने बताउनुभयो । कार्यक्रममा सहभागी अधिकारकर्मीहरुले रणनीतिलाई चाँडै कार्यन्वयनमा ल्याउन सुझाव दिएका थिए । अभियानलाई सफल पार्न प्रदेश र स्थानीय सरकारले स्वामित्व लिनुपर्ने उनीहरुको भनाई छ ।

सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले चालु आर्थिक वर्ष भित्रमा रणनीतिलाई अन्तिम रुप दिएर आगामी आर्थिक वर्षदेखि कार्यन्वयनमा लैजानेगरि मन्त्रालयले तयारी गरिरहेको जानकारी दिनुभयो । प्रदेश १ लाई सन् २०२५ भित्रमा बालविवाहमुक्त प्रदेश बनाउने सरकारको नीति रहेको छ ।

 

 

 

 

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top