रुसले ठूलो संख्यामा सर्वसाधारणलाई आफ्नो भू–भागमा लगेकाे युक्रेनकाे दाबी

२८ चैत ७८, मंगलबार

एजेन्सी, २९ चैत । युक्रेनले केही मानिसहरूलाई आफ्नो भू–भागमा नियन्त्रणमा राखेको युक्रेनले दाबी गरेको छ । रुसले सर्वसाधारण नागरिक, पत्रकार, कार्यकर्ता र निर्वाचित अधिकारीहरूलाई आफ्नो भू–भागमा नियन्त्रणमा राखेको युक्रेनका उपप्रधानमन्त्री इरिना भेरेसचुकले बताएकी छन् ।

Advertisement

‘धेरै पादरीहरू, पत्रकारहरू, कार्यकर्ताहरू, मेयरहरू, र सामान्य नागरिकहरू नियन्त्रणमा छन् । उनीहरूलाई युक्रेनको भू–भागमा मात्र होइन, कुर्स्क, ब्रायनस्क, रोस्तोभजस्ता रुसी भू–भागमा जबरजस्ती राखिएको छ’, भेरेश्चुकले भनिन् ।

युक्रेन हमलामा सर्वसाधारण नागरिकलाई निशाना नबनाएको रुसले बारम्बार दाबी गर्दै आएको छ । तर, ती दाबीमा कुनै सत्यता नभएको युक्रेनले बताउँदै आएको छ ।

Advertisement

पछिल्लो समयमा रुसले पूर्वी युक्रेनलाई निशाना बनाएको छ । पूर्वीयुक्रेनको दोनबासलगायतका क्षेत्रमा आक्रमण गरेपछि त्यहाँबाट ठूलो संख्यामा सर्वसाधारण पलायन भएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top