Nepal Times
Nepal Times
3
Shares

चुनाव नजिकिएसँगै भारत गएका नेपाली स्वदेश फर्किदै, सीमानाकामा चहलपहल बढ्यो

चुनाव नजिकिएसँगै भारत गएका नेपाली स्वदेश फर्किदै, सीमानाकामा चहलपहल बढ्यो

३० चैत, काठमाडौँ । पालिका चुनाव नजिकिएसँगै रोजगारीका लागि भारत गएका नेपाली स्वदेश फर्किन थालेका छन् । रोजगारी तथा विभिन्न कामका लागि भारत गएकाहरु स्वदेश फर्कन थालेका हुन् ।

उनीहरु फर्किन थालेसँगै सीमानाकामा चहलपहल बढेको छ । नेपाल–भारतको सीमा क्षेत्रमा ३० भन्दा धेरै नाका छन् ।

पशुपतिनगर, काकरभिट्टा, भन्टाबारी, भिट्टामोड, विराटनगर, कृष्णनगर, जमुनाह, बनबासा बेलहियालगायत मुख्य नाकामा पर्छन् । बाँकेको जमुनाहा नाका हुँदै दैनिक सयौंको संख्यामा नेपाल भित्रिरहेका प्रहरीले जनाएको छ ।

अहिले भारत जानेभन्दा फर्किने नेपालीको संख्या धेरै छ । अहिले दैनिक हजार भन्दा धेरैको संख्यामा नेपाली जमुनाह नाकाबाट भित्रिरहेका छन् ।

दैनिक सरदर दुई सय नेपाली मात्र अहिले कामका लागि भारत जाने गरेको इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज मीनबहादुर विष्टले बताए ।

आफ्नो मताधिकारको प्रयोग गर्न र गाउँठाउँको विकास गर्न सक्नेलाई भोट दिन आफू स्वदेश फर्किएको सल्यान थारमारेका रमेश थापाले बताए ।

चुनावी चहलपहल सुरु भएसँगै एकीकृत सुरक्षा योजना अनुसार नै भारतसँग सीमा जोडिएका नाकामा पनि सुरक्षा सतर्कता बढाउन थालिएको गृह मन्त्रालयले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.