सप्तरीमा आगलागी हुँदा ८ वर्षीय बालकको मृत्यु

२ बैशाख ७९, शनिबार

विराटनगर, २ वैशाख । सप्तरीको बोदेबर्साइन नगरपालिका–१० अमरैया टोलमा आज आगलागी हुँदा एक बालकको मृत्यु भएको छ ।

स्थानीय एक जनाको फुसको घरबाट सल्केर आगलागी भई पक्की घरमा सल्किँदा स्थानीय शत्रुधन यादवका आठ वर्षीय छोरा शैलेशकुमार यादवको मृत्यु भएको हो ।

बालक घरभित्रै रहेको अवस्थामा शत्रुधनको चारकोठे घरमा एकाएक आगो सल्किएको थियो । घर जलेपछि त्यहाँ रहेका बालकको मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

आगलागी नियन्त्रणमा ढिलाइ भएकोले घरभित्र रहेका बालकको ज्यान गएको स्थानीय बताउँछन् । शुक्रबार दिउँसो ३ बजे आगलागी भएको हो । आगलागीको क्षतिको विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालयका सप्तरीका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

आगलागीमा ज्यान गुमाएका शैलेशको बुबा भने वैदेशिक रोजगारीको क्रममा विदेशमा छन् । आमा घरकै काममा व्यस्त भएको बेला बालकको मृत्यु भएको स्थानीयको भनाइ छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top