चुनाव चिह्न अंकित सामग्री प्रयोग गरे १ लाखसम्म जरिवाना गर्ने निर्वाचन आयोगको चेतावनी

७ बैशाख ७९, बिहीबार

काठमाडौं, ७ वैशाख । निर्वाचन आयोगले स्थानीय तहको चुनावका लागि आचारसंहिता लागू भएको अवस्थामा राजनीतिक दलले चुनाव चिह्न अंकित ज्याकेट, टिसर्टलगायतका प्रचार सामग्री प्रयोग गरिरहेको सूचना आएको भन्दै त्यस्तो कार्यलाई रोक्न आग्रह गरेको छ ।

Advertisement

आयोगको अनुरोधलाई बेवास्ता गरी यदी कोही कसैले आचारसंहिताको उल्लङ्घन गरेमा निर्वाचन आयोग ऐन, २०७४ को दफा २३ बमोजिम आचारसंहिताको उल्लङ्घन गर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने कानुनी व्यवस्था रहेको आयोगले जनाएको छ ।

आयोगले सांकेतिक सामग्रीलगायतका प्रचार सामग्रीहरू उत्पादन तथा बिक्री वितरण भइराखेको भन्ने आयोगलाई सूचना प्राप्त भएकोले त्यस्ता सामग्रीको उत्पादन तथा बिक्रीवितरण गर्ने कार्य तत्काल बन्द गर्न नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर्स अफ कमर्शलाई आफ्नो संरचना मातहतका उद्योग र फर्मलाई त्यस किसिमका कुनै पनि उत्पादन नगर्न नगराउनका लागि परिपत्र गरी सहयोग गर्न आग्रह गरेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top