×

NEPAL TIMES UPDATES

Playing
सरकारले ८० हजार टन मल किन्दै|| Nepal Times
May 06, 2026
Playing
Top 15 Afternoon News || May-06-2026 || Nepal Times
May 06, 2026
Playing
सुकुम्बासी बस्तीका विद्यार्थी पढाउन ४० शिक्षक खटिए|| Nepal Times
May 06, 2026
Playing
साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि ह*त्या|| Nepal Times
May 06, 2026
Playing
Iran विरुद्धको सैन्य कार बाही ‘समाप्त’ भएको Americaको घोषणा || Nepal Times
May 06, 2026
Playing
बादी समुदायमाथि फिल्म बनाउँदा किन हुन्छ विवाद ? || Nepal Times
May 06, 2026
Playing
रास्वपाको ‘पार्टी–संसद–सरकार’ समन्वय समितिले के गर्छ ?|| Nepal Times
May 06, 2026
Playing
वरिष्ठता कि योग्यता?प्रधानन्यायाधीशमा बालेन सरकारको अग्निपरीक्षा|| Nepal Times
May 06, 2026
Playing
ट्रेड युनियनका गतिविधि गर्ने नोटिसमा, कर्मचारी अदालत जाने तयारीमा || Nepal Times
May 06, 2026
Playing
आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ? || Nepal Times
May 06, 2026

कीर्ते कागजात पेस गरेर अनलाइन मिडिया दर्ता गर्ने गिरी पक्राउ

७ बैशाख २०७९

खोटाङ , ७ वैशाख । कीर्ते कागजात बनाएर अनलाइन मिडिया दर्ता गरेर सञ्चालन गर्ने हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका ३६ वर्षीय मनोजकुमार गिरीलाई जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेर मुद्दा चलाएको छ ।

अरूको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपिमा आफ्नो नाम, ठेगाना र तस्बिर टाँसेर कीर्ते प्रमाणपत्र तयार पारी सूचना तथा प्रसारण विभागमा हलेसीपाटी डटकम नामक अनलाइन मिडिया दर्ता गरेर सञ्चालन गरेको खुलासा भएपछि प्रहरीमा परेको उजुरीका आधारमा गिरीलाई प्रहरीले पक्राउ गरेर लिखतसम्बन्धी कसुरमा मुद्दा चलाएको हो ।

Advertisement
Advertisement

अनलाइन मिडिया दर्ता गर्ने क्रममा गिरीले ब्रिलियन्ट बहुमुखी क्याम्पस चावहिल, काठमाडौंमा व्यवस्थापन विषयमा स्नातक तह उत्तीर्ण गरेको नक्कली प्रमाणपत्र सूचना तथा प्रसारण विभागमा पेस गरेको खुलासा भएको छ ।

साबिकको महादेवीस्थान गाविस–४ हाल हलेसी तुवाचुङ नगरपालिका–७ का कुभेशचन्द्र गिरीले लिएको शैक्षिक योग्यताको प्रमाणपत्र र मनोजले सूचना तथा प्रसारण विभागमा पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्रको रजिष्ट्रेशन नम्बरलगायत सबै मिलेको पाइएको छ ।

अर्काका नामको शैक्षिक योग्यताको चारित्रिक प्रमाणपत्र र लब्धाङ्कपत्रको प्रतिलिपिमा आफ्नो नाम, ठेगाना समावेश गरी सरकारी छाप र दस्तखतसमेत कीर्ते गरेर पेस गरेको कागजातका आधारमा अनलाइन दर्ता गरेर सञ्चालन गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

आवश्यक प्रमाणसहित स्थानीय एक व्यक्तिले प्रहरीमा दिएको उजुरीका आधारमा उनलाई आइतबार पक्राउ गरी मङ्गलबार जिल्ला ल्याइएको सूचना अधिकारी साहले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय खोटाङमा उजुरी परेपछि जिल्लाबाट खटिएको प्रहरी टोलीले प्रतिवादी गिरीलाई काठमाडौं महानगरपालिका–३२ पेप्सीकोलाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर साहले जानकारी दिए । गिरीलाई जिल्ला अदालतबाट लिखतसम्बन्धी कसुरमा मङ्गलबार पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सूचना तथा प्रसारण विभागमा ०७६ असोज–५ गते दर्ता भएको सो अनलाइन मिडियाको दर्ता प्रमाणपत्र नं १५६५–२०७६–०७७ रहेको छ । गिरीमाथि अनलाइन सञ्चारमाध्यममार्फत विभिन्न व्यक्तिको चरित्र हत्या गर्ने, नियोजित र प्रायोजित समाचार लेख्ने गरेको लगायतका आरोप लागेको छ ।

Advertisement
Advertisement

गिरीले अनलाइन मिडिया दर्ताका लागि सूचना तथा प्रसारण विभागमा पेस गरेको प्रमाणपत्रमा एसएलसी ०६० मा, आईए ०६३ मा र बीए २०६५ मा उत्तीर्ण गरेको भेटिएको छ । ०६५ मा बिए तीनवर्षे थियो ।

भर्खरको समाचार

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’नोट’सम्मः सीमा रक्षाको संघर्ष

Kalapani-Lipulekha-Limpiyadhura

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन

666707698_875077882223921_4422618132601218086_n

जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ?

nepali paisa

सरकारले ८० हजार टन मल किन्दै

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

बन्द भए ट्रेड युनियनका कार्यालय, अध्यादेशपछि एक्सनमा सरकार

42412c11-68f9-4814-ade7-2710d505dd4c

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो

682708147_966401619313189_6197832107574502867_n

विश्वकप लिग २ः नेपालले ओमानसँग लियो बदला,८१ रनले हरायो

689481806_1441361924686850_3272500033407114037_n

सम्बन्धित खबरहरु

Scroll to Top