प्रदेश १ सरकारले नवौं राष्ट्रिय खेलकुदका लागि प्राथमिकता दिएर तयारी गर्ने

७ बैशाख ७९, बिहीबार

विराटनगर, ७ वैशाख । प्रदेश १ सरकारले नवौं राष्ट्रिय खेलकुदका लागि प्राथमिकता दिएर तयारी गर्ने भएको छ ।

सामाजिक विकास मन्त्री तथा प्रदेश खेलकुद विकास वोर्डका अध्यक्ष राजन राईको अध्यक्षतामा मंगलबार बसेको बैठकले पदक ल्याउन सकिने संभावना भएका खेलहरुलाई प्राथमिकतामा राखेर तयारी गर्ने निर्णय गरेको छ । आगामी जेठ २२ देखि २८ गते सम्म पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदका लागि प्रदेश १ ले प्राथमिकताका साथ तयारी शुरु गर्ने निर्णय गरेको हो ।

बोर्ड वैठकले मुख्यमन्त्री कप आमन्त्रण फुटवल प्रतियोगिता अनुकुल समयमा सञ्चालन गर्ने निर्णय गरेको सामाजिक विकास मन्त्रालय यूवा तथा खेलकुद महाशाखा प्रमुख फडिन्द्र खत्रीे जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेशको खेलसंवन्धि नीति, रणनीति तयारीका लागि प्रदेश १ का खेलकुदका पदाधिकारीहरुको चाँँडै बैठक बसेर छलफल गर्ने पनि निर्णय गरिएको छ ।

खेलकुद क्षेत्रको विकासका लागि साँझेदार संस्था तथा व्यवसायिक प्रतिष्ठानहरुसँग सहकार्यका लागि आग्रह गर्ने बोर्ड बैठकले निर्णय गरेको महाशाखा प्रमुख खत्रीले बताउनुभयो ।

चालु आर्थिक वर्षको बजेटबाट खेलकुद क्षेत्रमा गर्न सकिने कार्यहरुको योजना बनाई बजेट माग गर्ने निर्णय समेत भएको खत्रीले जानकारी दिनुभयो ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top