Nepal Times
Nepal Times
3
Shares

आईपीएलमा दिल्लीको सहज जित

आईपीएलमा दिल्लीको सहज जित

एजेन्सी, ८ वैशाख ।दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)टी-२० क्रिकेट प्रतियोगितामा पञ्जाब किंग्सलाई ९ विकेटले पराजित गर्दै तेस्रो जित निकालेको छ ।

१ सय १६ रनको सामान्य लक्ष्य पछ्याएको दिल्लीले १० ओभर ३ बलमा १ विकेट गुमाउँदै पूरा गर्‍याे । दिल्लीको जितमा डेभिड वार्नरले ३० बलमा सर्वाधिक ६० रन बनाए ।

यसअघि  मुम्बईमा टस हारेर ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा मात्र  १ सय १५ रन बनाएकाे थियाे । पञ्जाबका जितेश शर्माले सर्वाधिक ३२ रन बनाए । दिल्लीका खलिल अहमद, ललित यादव, अक्षर पटेल र कुलदिप यादवले २-२ विकेट लिए ।

जितपछि दिल्ली ६ खेलबाट तीन जितसहित ६ अंक जोडेर छैटौँ स्थानमा छ । पञ्जाब ७ खेलमा ३ जितसहित ६ अंक जाेडेर  आठौं स्थानमा छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.