काठमाडौं, ११ वैशाख । कक्षा १२ को परीक्षाको समयतालिका परिवर्तन भएको छ । राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन गर्ने गरी समय परिवर्तन गरेको हो ।
१२ को परीक्षा आगामी १६ जेठ देखि २५ गतेसम्म हुँदैछ । यसअघि ११ बजेदेखि २ बजेसम्म परीक्षा गर्ने कार्यतालिका थियो ।

