×

NEPAL TIMES UPDATES

Playing
यु द्धको भुमरीमा नेपाली पनि परे, हो र्मुज क ब्जा गर्न हिड्यो अमेरिका|| Nepal Times
Mar 20, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-06-2082 || Nepal Times
Mar 20, 2026
Playing
हावाहुरीसहित वर्षाः जहाज लखनऊ र कोलकाता ‘डाइभर्ट’ || Nepal Times
Mar 20, 2026
Playing
के जनताले भावनामा बगेर रास्वपालाई जिताएका हुन् ? कांग्रेसको समीक्षाले के भन्छ ?|| Nepal Times
Mar 20, 2026
Playing
गगनको असफलताले जन्मियो रास्वपा, गगन–रविको दूरी कसरी बढ्यो ? || Nepal Times
Mar 20, 2026
Playing
इरानले किन हार मानिरहेको छैन् ? नडराउने कारण यस्तो छ ? || Nepal Times
Mar 20, 2026
Playing
बालेनको सपथ यादगार बन्ने, विदेशी पाहुनालाई पनि निम्तो ? || Nepal Times
Mar 20, 2026
Playing
Weather update: दिउँसै अँध्यारो भए काठमाडौँसहित लुम्बिनीका जिल्ला, भीषण वर्षा
Mar 20, 2026
Playing
World News: होर्मुजमा अमेरिकासँग ७ देश उभिने,इरानको तेल खोल्ने,सेना नपठाउने || Nepal Times
Mar 20, 2026
Playing
Iran यु द्धबाट किम जोङ उनले के सिके ? वेट एन्ड सी, ५० हजार परमाणु अस्त्र || Nepal Times
Mar 20, 2026

एसईई परीक्षामा तीन केन्द्राध्यक्षसहित ८० विद्यार्थी निष्कासित

११ बैशाख २०७९

सिराह, ११ वैशाख । सिरहामा सञ्चालित एसईई परीक्षाअन्तर्गत दोस्रो दिनको गणित विषयको परीक्षामा अमर्यादित कार्य गरेको भन्दै तीन केन्द्राध्यक्षसहित ८० जना परीक्षार्थीलाई निष्कासन गरिएको छ ।

चिट, फ्ल्याप र मोबाइल प्रयोग गरी परीक्षामा अमर्यादित कार्य गरेकाले उनीहरूलाई निष्कासन गरिएको जनाइएको छ । सञ्चारकर्मीसहित जिल्ला अधिकारी र सुरक्षा निकायका टोलीले अनुगमन गर्ने क्रममा परीक्षार्थीहरूले अमर्यादित गतिविधि गरेको पाइएकोले निष्कासन गरेको प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले जनाए ।

Advertisement

परीक्षामा मर्यादाविपरीत कार्य गरेको भन्दै बस्तिपुर मावि लहान १३ केन्द्रबाट ३५, माध्यमिक विद्यालय लहान २० हनुमाननगर ब्रम्हानगोर्छारी परीक्षा केन्द्रबाट १९ र पडरीया थारुटोल मावि परीक्षा केन्द्रबाट २६ जना विद्यार्थी निष्कासन गरेको प्रमुख जिल्ला अधिकारी कवाडीले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी कवाडीका अनुसार परीक्षार्थीले मोबाइल ह्वाट्सएप, फोटोकपी र चिट प्रयोग गरेकाले उनीहरूलाई आजको परीक्षाबाट निष्कासन गरिएको हो । परीक्षाको मर्यादा कायम गर्न नसकेकाले तीनवटै विद्यालका केन्द्राअध्यक्षहरू भोलिबाट परिवर्तन गरिने समेत कवाडीले जानकारी दिए । उनीहरूलाई आजको परीक्षाबाट मात्र निष्कासन गरिएको हो ।

यता माध्यमिक विद्यालय लहान २० हनुमाननगर ब्रम्हानगोर्छारीका केन्द्राध्याक्ष राजेन्द्र प्रसाद यादवले परीक्षामा सुरक्षाकर्मीहरूले नै चिट पुर्‍याउने कार्य गरेर परीक्षालाई अमर्यादिन बनाएको आरोप लगाए । उनले भने, ‘एक जना प्रहरीबाट हामीले चिट खोसेर त्यहाँ कार्यरत कमाण्डरलाई चिट बुझायौँ । तर, त्यसको केहीबेरमै फेरि चिट कक्षाकोठामा पुग्यो ।’

आफूहरूले परीक्षा मर्यादित बनाउन खोज्दाखोज्दै पनि सुरक्षाकर्मीकै असहयोगले यस्तो भएको यादवले दाबी गरे ।

वस्तिपुर मावि परीक्षा केन्द्रमा देव आइडल आवासीय विद्यालय लहान, लिटिलस्टार आवासीय विद्यालय, न्यू मनकामना आवासीय विद्यालय, सगरमाथा माध्यमिक विद्यालय र राजाजी माविका विद्यार्थीहरूले परीक्षा दिइरहेका छन् ।

त्यसैगरी, गोलबजार नगरपालिका- ३ जमदहस्थित सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रमा पनि व्यापक फेटोकपी प्रयोग गरेर चिट बनेको पाइएको छ । यस सम्बन्धमा छानबिन गरिने सम्बन्धित निकायले जनाएको छ ।

यो केन्द्रमा धनगढीमाई नगरपालिका- १० का सुनगाभा आवासीय मावि, नमुना प्राविधिक मावि गोलबजार, जेम्स अंग्रेजी वोर्डिङ स्कुल, शुभ श्री आवासीय मावि र आईजेभीएम आवासीय माविको परीक्षा केन्द्र रहेको छ ।

शिक्षा विकास तथा समन्वय इकाई सिरहाका प्रमुख रामवृक्ष महतोले विद्यार्थी निष्कासन भएको र केन्द्राध्याक्ष परीवर्तनबारे प्रमुख जिल्ला अधिकारीबाट जानकारीसहितको निर्देशन आएको जनाएको छ । यस वर्ष जिल्लाबाट १६२ विद्यालयका १० हजार ६ सय ४० जना छात्र–छात्रा एसईई परीक्षामा सहभागी भएका छन् ।

भर्खरको समाचार

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

कम्बोडियामा अलपत्र २० नेपालीको उद्धार, वैदेशिक ठगीको जालो

combodia flag

चुनाव हारेका सभापति गगनले दिए राजीनामा, पदाधिकारीले के गर्लान् ?

gagan thapa

सम्बन्धित खबरहरु

Scroll to Top