स्थानीयतह निर्वाचनः पहिलो दिन विराटनगरमा ५७ जनाको उम्मेदवारी दर्ता

११ बैशाख ७९, सोमबार

विराटनगर, ११ वैशाख । मनोनयन दर्ता सुरु भएको पहिलो दिन आइतबार विराटनगरमा ५७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता सुरु भएको पहिलो दिन अहिलेका कुनै पनि ठुला दलले उम्मेदवारी दर्ता गराएनन् ।

Advertisement

साना दल र स्वतन्त्र गरि आइतबार ५७ जनाले मात्र उम्मेदारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सुचना अधिकार हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार आइतबार ३६ जना वडा सदस्य, १८ जना वडाध्यक्ष र तीन जनाको मेयरमा उम्मेदवारी परेको छ ।

Advertisement

मेयरमा जसपा परित्याग गरेको घोषणा गरेका उमेश यादव र सकृय गौतमले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

त्यस्तै सिके राउत नेतृत्वको जनमत पार्टीका तर्फबाट अरुणकुमार मण्डलले उम्मेदवारी दिएका छन् । उनी सो पार्टीका महानगर समिति अध्यक्ष हुन् ।

Advertisement

उपमेयरमा भने एक जनाको पनि उम्मेदवारी नपरेको बुढाथोकीले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top