×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सत्ता गठबन्धनको उपहारः अधिकांश स्थानीयतका दुवै पदमा पुरुष, नेताका छोरी–छोरा, पत्नी र भाइ साझा उम्मेदवार

१३ बैशाख २०७९

काठमाडौं, बैशाख १३ । सत्तारुढ गठबन्धनलेस्थानीय तहको निर्वाचनमा छोरी, श्रीमती र छोरासहितका आफन्तलाई चुनाव जिताउनका लागि मात्रै गठबन्धन गरेको देखिएको छ ।

६ महानगरपालिकाको उम्मेदवारमा गठबन्धन गरेका सत्ता साझेदार दलरुहरुले तीन महानगरका तीन पदमा नेताका परिवारभित्रैबाट उम्मेदवार चयन गरेर यो भित्री तथ्यलाई उजागर गरेका हुन ।

Advertisement
Advertisement

६ महानगरमा प्रमुख र उपप्रमुख गरी १२ वटा पदको भागवण्डा गरेका सत्ता साझेदार दलका तर्फबाट सोमबार उम्मेदवारी दर्ता गरेकामध्ये काठमाडौं र भरतपुर महानगरपालिकाका मेयर र विराटनगर महानगरपालिकाका उपमेयर गठबन्धनमा आबद्ध शीर्ष नेताहरुका पारिवारिक सदस्य हुन् ।

सत्ता गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकामा मेयरको उम्मेदवारी दिनुभएकी कांग्रेस नेता सिर्जना सिंह राजनीतिमा त्यति सक्रिय नाम होइन । २०४६ यता सक्रिय राजनीतिमा नरहनु भएकी सिंहले काठमाडौंजस्तो महत्वपूर्ण महानगरको मेयर पाउनुमा उहाँको श्रीमान समेत रहनुभएका कांग्रेस नेता प्रकाशमान सिंहको भूमिका रहेको छ ।

कांग्रेस नेताहरुका अनुसार पार्टीको १४ औं महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गरेका सिंह पराजित भएपछि दोस्रो चरणमा शेरबहादुर देउवालाई समर्थन गर्नुभएको थियो । स्थानीय तह निर्वाचनका बेला देउवाले पार्टी महाधिवेशनमा सिंहले गरेको सहयोगको गुन तिर्दै पत्नी सिर्जनालाई मेयरको उम्मेदवार बनाउनु भएको हो ।

काठमाडौंमा नेताकी पत्नी उम्मेदवार बनेको गठबन्धनबाट चितवनमा छोरी उम्मेदवार बनेकी छन । कांग्रेसका जिल्लास्तरीय नेताहरुको विरोधका बाबजुद गठबन्धनका शीर्ष नेताको सहमतिबाट भरतपुर महानगरपलिकाको मेयरको उम्मेदवार रेनु दाहाल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी हुनुहुन्छ । प्रचण्डकै छोरी भएको कारण भरतपुरमा पुनः माओवादीलाई प्रमुख पद दिइएको हो ।

स्थानीय तहका प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिँदा दुई मध्ये एक महिला हुनैपर्ने संवैधानिक मान्यतालाई समेत बेवास्ता गर्दै गठबन्धनका तर्फबाट विराटनगरमा दुबै पदमा पुरुष उम्मेदवार भएका छन् । तीमध्ये उपमेयरमा उम्मेदवारी दिएका अमरेन्द्र यादव जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवका छोरा हुनुहुन्छ । यादवले लामो समयदेखि उपेन्द्र यादवकै सचिवालयमा बसेर काम गर्दै आउनु भएको छ ।

उपेन्द्र यादवले आफ्ना छोरा अमरेन्द्रलाई उम्मेदवार बनाउनकै लागि विराटनगर आफैंले पाउनुपर्ने अडान गठबन्धनमा छोडनु भएको थिएन । भागवण्डामा विराटनगरको उपमेयर गठबन्धनका तर्फबाट जसपाको भागमा परेपछि अमरेन्द्रले नै पाउने निश्चितजस्तै भएको थियो ।

यही बुझेर यसअघि ०७४ को चुनावमा जसपाका तर्फबाट मेयरमा प्रतिस्पर्धा गरेका र तेस्रो लोकप्रिय मत ल्याएका उमेश यादवले तीन दिनअघिमात्रै पार्टी छोडनु भएको थियो । यादवले ०७४ को स्थानीय चुनावमा १४ हजार ९५८ मत ल्याएका थिए ।

Advertisement

उनले आइतबार नै स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दिएका छन् । यस्तै गृहमन्त्री बालकृष्ण खाँणले पनि भाइलाई उम्मेदवार बनाउनु भएको छ । गृहमन्त्री खाँणले पनि गठबन्धनको फाइदा लिँदै सहोदर भाइ रामकृष्ण खाणलाई तिलोत्तमा नगरपालिकाको मेयर उम्मेदवार बनाउनु भएको हो । यसअघि राष्ट्रिय जनमुक्ति पार्टीको सहयोग लिएर पनि मेयरमा हारेका खाणलाई यसपटक माओवादी,नेकपा एससहितको गठबन्धनबाट जिताउन खाँणले मौका दिनुभएको हो ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top