रोल्पा, १३ वैशाख । माओवादी सशस्त्र युद्धको केन्द्र रोल्पामा माओवादी केन्द्रलाई टक्कर दिने गरी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले उम्मेदवारी दिएको छ । उसले माअोवादी केन्द्रलाई पराजित गर्न कांग्रेस र एमालेसँग गठबन्धन पनि गरेको छ ।
पार्टीले रोल्पामा ९ वटा पालिकामा उम्मेदवारी दर्ता गरेको छ । केन्द्रीय सदस्य तथा धादिङ इञ्चार्ज चुडामणि वली आर्दशको नेतृत्वमा रोल्पामा चुनावी अभियान चलेको छ । वलीले गंगादेव गाउँपालिकाको प्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् । नेकपाभित्र चुनावमा जाने कि नजाने भन्ने विवाद थियो ।
विवादकैबीच पार्टीको केन्द्रीय सदस्य र जिल्ला कमिटीको पदाधिकारी र सचिवालय सदस्यहरूले चुनावमा भाग नलिने निर्णय भएको थियो । त्यसविपरीत वलीले रोल्पामा नेकपालाई चुनावी माहोलमा होमेका छन् ।