Nepal Times
Nepal Times
3
Shares

यू–१९ क्रिकेट टिमका लागि खेलाडी छनोट अन्तिम चरणमा

यू–१९ क्रिकेट टिमका लागि खेलाडी छनोट अन्तिम चरणमा

काठमाडौं, भदौ २
नेपाली खेलकुदमा यतिबेला सबै भन्दा चर्चामा रहेको खेल हो क्रिकेट, दिनानुदिन चुलिदै गएको चर्चा त्यसमा पनि क्रिकेट प्रतिको रुचिले यतिबेला यो खेलमा लाग्न चाहने युवाको सख्या निकै बढेको छ ।

जसको उदाहरण हो १९ बर्ष मुनि राष्ट्रिय टिमका लागि भएको खेलाडी छनोट । १५ खेलाडी छनोटका लागि देशभरका एक हजार भन्दा बढी खेलाडीले सहभागिता जनाउनु आफैले प्रमाणित गर्छ क्रिकेटले युवालाई कति मोहित गरेको रहेछ भनेर ।

नेपाल क्रिकेट संघ विघटन भएपछि सबै भन्दा ठुलो मार उमेर समुहका खेलाडी छनोटमा परेको छ । उमेर समुहमा कुनैपनि प्रतियोगिता नुहदा अन्तराष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छान्न नै कठिन भइरहेका बेला भारतमा हुने यू–१९ स्तको प्रतियोगितालाई मध्यनजर गरेर देश ब्यापि रुपमा ट्यालेन्ट हन्ट कार्यक्रमको आयोजना गरियो ।

जसमा खेलाडी ओइरिएको देख्दा नेपालमा क्रिकेटले युवामाझ गहिरो जरो गाडिसकेको रहेछ भनेर प्रष्ट हुन्छ । हुन त यसअघि पनि यो उमेर समुहमा ट्यालेन्ट हन्ट हुदा खेलाडीको उपस्थिती निकै बाक्लो थियो, तर यसपटक कुल ११ सय भन्दा बढी खेलाडीले यो कार्यक्रममा भाग लिए । यू–१९ का प्रशिक्षण विनोद दाशको संयोजकत्वमा आयोजना भएको ट्यालेन्ट हन्टले देशभर रहेका प्रतिभावान खेलाडीलाई राष्ट्रिय टिमसम्म पुर्याउने बाटो खोलेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.