Nepal Times
Nepal Times
27
Shares

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु

२ जेष्ठ, भैरहवा । भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएको छ ।

बिहान ७ बजे पहिलो पटक अन्तर्राष्ट्रिय जजिरा एअरलाइन्सको जहाज विमानस्थलमा अवतरण गरेको हो ।

२५६६औँ बुद्धजयन्तीको अवसर पारेर कुवेतबाट १७८ यात्रु बोकेर न्यारोबडी जहाजले उडान भरेको हो । जहाजलाई विमानस्थलमा पानीका फोहरासहित स्वागत गरिएको थियो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आजै प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका हुन् ।

यो विमानले आज राति साढे २ बजे नेपालबाट यात्रु बोकी कुवेतका लागि उडान भर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.