Nepal Times
Nepal Times
9
Shares

धनुषाको धनौजीमा मतगणना स्थलमा झडप, प्रहरीद्वारा २५ राउण्ड हवाइ फायर

धनुषाको धनौजीमा मतगणना स्थलमा झडप, प्रहरीद्वारा २५ राउण्ड हवाइ फायर

२ जेठ, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकामा खसेको भन्दा बढी मतपत्र भेटिएको विषयमा विवाद हुँदा झडप भएको छ ।

झडप बढ्दै जाँदा मतगणना स्थलमा भएको विवादले उग्ररुप लिएपछि प्रहरीले २५ राउण्ड हवाइ फायर गरेको छ ।

झडपलाई नियन्त्रणमा लिनका लागि प्रहरीले २५ राउण्ड हवाइ फायर गरेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए ।

अहिले मतगणना स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2022 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.