Nepal Times
Nepal Times
3
Shares

सल्यानमा विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लाग्दा २ जनाको मृत्यू

सल्यानमा विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लाग्दा २ जनाको मृत्यू

२ जेष्ठ ,सल्यान । सल्यानमा विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । गाडीमा करेन्ट लाग्दा १० जनाभन्दा धेरै घाइते भएका छन् ।

सल्यानको कुमाख गाउँपालिकामा कांग्रेस र एमालेको गठबन्धनले जितेको उत्सव मनाउन गाडीमा आउँदै गरेकालाई करेन्ट लागेको हो ।

गाडीको छतमा झण्डा समाएर बस्नेतज्युलाबाट शान्तिबजार आउँदै गरेकाहरूलाई करेन्ट लागेको हो ।

बिजुलीको तारमा ठोक्किँदा करेन्ट लागेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार छतमा बसेकाहरूलाई बिजुलीको तारले छुँदा करेन्ट लागेको हो ।

घाइतेहरूलाई रुकुम चौरजहारी अस्पताल लगिएको छ । ज्यान गुमाएकाको परिचय खुलेको छैन ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.