Nepal Times
Nepal Times
36
Shares

कागेश्वरीमा रामेश्वरलाई उछिन्दै उपेन्द्रको अग्रता

कागेश्वरीमा रामेश्वरलाई उछिन्दै उपेन्द्रको अग्रता

२ जेठ, काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार उपेन्द्र कार्कीले अग्रता लिएका छन् ।

सोमबार दिउँसो नेकपा एमालेका उम्‍मेदवार रामेश्वर ढुंगानालाई पछि पार्दै कार्की ४९६ मतको अग्रता लिएका हुन् ।

कार्कीले ३ हजार ६५७ मत पाउँदा प्रतिस्पर्धी एमालेका रामेश्वर ढुङ्गानाले ३ हजार १६१ मत प्राप्त गरेका छन् ।

हालसम्म वडा नम्बर १ र ९ को मतगणना सकिएको छ । हाल वडा नम्बर २ र ८ को मतगणना जारी रहेको छ ।

वडा नं २ मा कार्कीले ३८० र ढुङ्गानाले २९५ मत पाएका छन् भने वडा नम्बर ८ मा कांग्रेसले ३६७ र ढुङ्गानाले १८० मत ल्याएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.