विराटनगरमा नागेशलाई सागरले उछिन्न सकेनन्

३ जेष्ठ, विराटनगर । विराटनगर महानगरपालिकाको प्राप्त पछिल्लो मत परिणाम अनुशार मिश्रित रुपमा अग्रताका परिणामहरु आइरहेका छन् ।

मेयरमा कांग्र्रेसले स्पष्ट मतका साथ अग्रता बढाउर्द लैजादा उपमेयरमा त्यसैगरी एमालेले अग्रता बढाउदै लगेको छ ।

यसैगरी वडा तहमा पनि एमालेले आफूलाई अब्बल सावित गर्दै आएको छ । कांग्रेसले मेयरमा अग्रता लिए पनि वडाहरुमा भने विगतको पकड गुम्ने संकेत देखिएको छ ।

Advertisement

मंगलबार बिहानसम्म २६ हजार ३०८ मतगणना हुँदा प्रमुखमा नेपाली कांग्रेसका नागेश कोइरालाले ८ हजार ७७० मत प्राप्त गरेका छन् ।

एमालेका सागर थापाले ६ हजार २४७ मत पाएका छन् । उपमेयरमा एमालेकी शिल्पाले अग्रता बढाउदै लगेकी छिन् ।

Advertisement

उनले ७१११ मत ल्याउदा जसपाका अमरेन्द्र यादव ४६४५ मतका साथ पछ्याइरहेका छन् । अहिलेसम्म विराटनगर १, २ र ३ मा नेकपा एमालेका उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन् ।

कांग्रेसले वडा नम्बर १६ र जसपाले वडा नम्बर १७ मा विजयी शुरुआत गरेका छन् । वडा नम्बर १८ मा जसपाका बागी उमेदवार विजयी भएका छन् ।

अघिल्लो पटक कांग्रेस विजयी भएका दुईवटा १ र १९ नम्बर वडामा एमालेले विजय हासिल गरेको छ । जसपाले वडा नम्बर १८ गुमाउन पुगेको छ ।

०७४ को निर्वाचनमा कांग्रेस विराटनगरका १, ३, ४, ७, ८, ९, १५ र १९ गरी जम्मा ८ वटा वडामा विजयी भएको थियो ।

जसपाले १२, १३, १४, १६, १७ र १८ गरी छ वडामा विजयी भएको थियो । नेकपा एमालेले २, ५ र ११ वडा जितेको थियो ।

माओवादीले वडा नम्बर ६ जितेको थियो । वडा नम्बर १० मा एमालेका बागी उमेदवार विजयी भएका थिए ।

वडा नं. १ मा एमालेका काजी बस्नेत विजयी भएका छन् । २ मा एमालेका कुमार पोखरेल १ हजार ३३४ मत ल्याएर वडा अध्यक्षमा विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका पवन सुरानाले १ हजार २८३ मत ल्याएका छन् ।

१९ मा नेकपा एमालेका श्याम घिमिरे विजयी भएका छन् ।वडा नम्बर १६ मा कांग्रेसका उद्धवकुमार भुजेल निर्वाचित भएका छन् ।

वडा नम्बर १७ मा जनता समाजवादी पार्टीका समिम कमर मिया विजयी भएका छन् ।

यसैगरी १८ मा जसपाबाट बागी उमेदवारी दिएका जितेन्द्रकुमार साह विजयी भएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

सम्बन्धित समाचार

Scroll to Top