मिनेन्द्र रिजाल भन्छन,खाद्यान्न आयातमा कडाइ गरौं अर्थतन्त्र संकटमा पदैन

४ जेठ ७९, बिहीबार

५ जेठ , काठमाडौं । नेपाली कांग्रेसका नेता डा। मिनेन्द्र रिजालले बढ्दो आर्थिक संकटका विषयमा संसदमा गम्भीर छलफल गर्न आग्रह गरेका छन् ।

Advertisement

प्रतिनिधिसभामा बिहीबार आगामी बजेटका सिद्धान्त र प्राथमिकतासम्बन्धी विधेयकमाथिको छलफलमा बोल्दै नेता रिजालले सरकार र प्रतिपक्ष नभनी सबै पक्ष अर्थतन्त्र संकटको विषयमा गम्भीर हुन आग्रह गरे ।

खाद्यान्न, लत्ताकपडा लगायतका आयातमा भइरहेको ठूलो खर्चले शोधनान्तर घाटालाई बढाएको भन्दै उनले कृषि उपज, खाद्यान्न, लत्ताकपडा आयात रोक्नुपर्ने बेला भएको बताए । ‘वार्षिक ३ खर्ब ३० अर्बको खाद्यान्न र कृषि आयात प्रतिस्थापन गर्न सोच्ने बेला आयो,’ रिजालले भने, ‘लत्ताकपडाको आयात ४० अर्बबाट बढेर १४५ अर्ब पुग्यो ।’

Advertisement

स्वास्थ्य तथा औषधि, इन्धन लगायतका वस्तुको आयात बढेको विषयमा गम्भीर भएर सोच्नुपर्ने रिजालले बताए । रेमिट्यान्स र भन्सार करबाट प्राप्त हुने राजस्व चलाउने जमातको जन्म भएको भन्दै उनले राजश्वको दुरुपयोग रोक्न पनि आग्रह गरे ।

‘पहिले विदेशी सहायता चलाउने जमात थियो थियो,’ नेता रिजालले भने, ‘अहिले रेमिट्यान्स र भन्सारबाट स्वतः प्राप्त हुने राजस्व जतासुकै चलाउन पाउने जमातको जन्म भएको छ ।’

Advertisement

उनले पुँजीगत खर्च कमजोर हुनुमा वर्तमान सरकार मात्रै दोषी नरहेको भन्दै त्यसको बचाउ गरे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top