मन्त्रीले बोलेको ‘असंसदीय शब्द’ हटाउन सभामुखले गरे रुलिङ

१२ जेठ ७९, शुक्रबार

१३ जेष्ठ ,काठमाण्डौ । सभामुख अग्निप्रसाद सापकोटाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले संसदमा बोलेको असंसदीय शब्दहरू अभिलेखबाट हटाउन रुलिङ गरेका छन ।

Advertisement

प्रतिनिधि सभाको आज शुक्रवार बसेको पहिलो बैठकमा मन्त्री बडूले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सम्बन्धमा टिप्पणी गर्दा असंसदीय शब्द बोलेको भन्दै एमालेले संसद् बैठक अवरोध गरेको थियो ।

दोस्रो बैठकको क्रममा सभामुख सापकोटाले एमालेको मागअनुसार मन्त्री बडूले बोल्ने क्रममा प्रयोग गरेका असंसदीय शब्दहरू अभिलेखबाट हटाउन रुलिङ गरेका हून।

Advertisement

उनले भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले सार्वजनिक महत्त्वको वक्तव्य दिने क्रममा असंसदीय शब्द प्रयोग भएको भनी प्रमुख विपक्षी दलका सदस्यहरूले नियमापत्ति जनाउनुभएको हुँदा मन्त्रीले बोल्ने क्रममा प्रयोग गर्नुभएका असंसदीय शब्दहरू अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु ।’

सभामुखको रुलिङ पछि संसद् बैठक सुरु भएको छ । सांसदहरूले सरकारले प्रस्तुत गरेको आ।व। २०७९र८० को नीति तथा कार्यक्रमको सम्बन्धमा छलफल गरिरहेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top