त्रियुगाको मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी

१६ जेठ, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

प्रमुखमा कांग्रेसका वसन्त बस्नेत र उपप्रमुखमा एमालेकी महेश्वरी राई विजयी भएका हुन् । कांग्रेसका बस्नेतले १३ हजार ९५९ मतका साथ निर्वाचित भए ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका भागवत राउतले ११ हजार ८७३ मत प्राप्त गरे । नेकपा एकीकृत समाजवादीका बलदेव चौधरी ९ हजार १४७ मतसहित तेश्रो स्थानमा रहे ।

उपप्रमुखमा एमालेकी राईले १३ हजार ७०३ मत प्राप्त गरिन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सरिता राईले ११ हजार ९८१ मत पाइन् ।

नेकपा माओवादी केन्द्रकी गीता खड्का कार्कीले ६ हजार ५६८ मत पाइन् ।

१६ वटा वडा रहेको त्रियुगाको कुल खसेको मत ४० हजार १३७ हो ।

कांग्रेसले नौवटा वडा, एमालेले चारवटा र माओवादी केन्द्रले तीन वडामा वडाध्यक्ष जितेको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top