कोरोना बीमा दाबीको भुक्तानी नदिए कार्यालयमा ताला लगाउने चेतावनी ;पाल्पा

कोरोना बीमा दाबीको भुक्तानी नदिए कार्यालयमा ताला लगाउने चेतावनी ;पाल्पा

१६ जेष्ठ,पाल्पा । पाल्पाका कोरोना सङ्क्रमितहरूले बीमा दाबीको भुक्तानी नपाएमा कार्यालयमा ताला लगाउने चेतावनी दिएका छन् ।

बीमा गरेको संस्था सगरमाथा इन्स्योरेन्सले बीमापातको भुक्तानी नदिएको भन्दै पाल्पा कोरोना सङ्क्रमितहरूले आन्दोलन गरेका हुन् ।

अबको दश दिनभित्र बीमा रकम दिने निर्णय नगरेका कार्यालयमा ताला लगाइने बीमित नारायण न्यौपानले बताए ।

बीमितले प्रिमियम तिरेपछि सम्झौताअनुसारको रकम पाउनुपर्ने भए पनि अहिलेसम्म नपाएको अर्का बीमित राजेश आचार्यले बताए।

सगरमाथा इन्स्योरेन्स पाल्पाले एक हजार दुई सय २० जनाको बीमा गरेकोमा ६ सय जनाले बीमा भुक्तानीको दाबी गरेका छन् ।

यसमा एक सय २३ जनाले भुक्तानी पाएका छन् । भुक्तानी नपाएकाहरूले दश दिनको समय दिएका हुन् ।

सरकारले जिम्मेवारी नलिँदा बीमा रकम भुक्तानी गर्न नसकिएको सगरमाथा इन्स्योरेन्स कम्पनी पाल्पाका प्रमुख करुणा काफ्लेको भनाइ छ ।

बाँकी रहेकाहरूको बीमा रकम भुक्तानी नगरे चरणबद्ध रूपमा आन्दोलन गर्ने बीमित झपेन्द्र गहिरेले बताए ।

 

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.