NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ? मङ्लबार मंसिर ९ , २०८२
अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए मङ्लबार मंसिर ९ , २०८२
प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक मङ्लबार मंसिर ९ , २०८२
ओली अन्ततः चुनावमा भाग लिन तयार, दल दर्ता हुँदै, आयोग भने नमान्ने मङ्लबार मंसिर ९ , २०८२
Next
Prev

समाचार

दुर्व्यवहार प्रकरणले कबड्डी-४ की नायिका मिरुना विवादमा, फिल्मको प्रर्दशन रोक्न माग

मङ्लबार जेष्ठ १७ , २०७९
Reading Time: 1 min read
A A
दुर्व्यवहार प्रकरणले कबड्डी-४ की नायिका मिरुना विवादमा, फिल्मको प्रर्दशन रोक्न माग
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१७ जेष्ठ, विराटनगर । चलचित्र हेर्न आएका एकजना दर्शकलाई थप्पड हानेर प्रहरीकहाँ बुझाएको प्रकरणले सिनेमा घरमा राम्रो व्यापार गरिरहेको फिल्म कबड्डी ४ की मुख्य अभिनेत्री मिरुना मगर विवादमा फसेकी छन्।

फिल्म हेर्न आएका दर्शक फुर्वा तामाङलाई थप्पड हानी अभद्रव्यवहार गरेको भनी प्रहरीलाई बुझाइएको थियो। तामाङले माफी मागेर भूलबस छुन पुगेको पनि भनेका थिए।

यहि प्रकरणले अभिनेत्री मगर विवादको घेरामा पुगेकी छन्। यो घटनापछि उनको तिव्र विरोध र आलोचना हुन थालेको छ। सुन्धारास्थित सिभिल मलमा फिल्म हेर्न आएका मुगु घर भएका अन्दाजी २९ वर्षीय तामाङलाई नायिका मिरुनाले आइतबार साँझ झापड हानेकी थिइन्।

मिरुनाले सबैको अगाडि ‘तिमी सोच्छौ यो जोक हो?’ भन्दै उनलाई सबैको अगाडि माफी माग्न लगाइन् । कबड्डी ४ को प्रतिक्रिया लिन काठमाडौंको सिभिल मलमा पुगेकी मिरुनाले भीडमा दर्शकले आफ्नो संवेदनशील अंगमा छोएको भन्दै झापड हानिन्।

लामाको भेषमा रहेका मुगुका फुर्वा लामालाई मिरुनाले झापड हानेपछि प्रहरीको जिम्मा लगाइन्। अहिले फुर्वा प्रहरीको हिरासतमा छन्।

मिरुनाको यो कदमपछि सामाजिक सञ्जाल दुई कित्तामा विभाजित छ। एक पक्ष पक्राउ परेका लामाको पोशाक हेरेर उनको नियत गलत हुनै नसक्ने अडान लिइरहेका छन्। अर्काथरी तत्काल बोलेर मिरुनाले ठीक गरेको बताइरहेका छन्। फिल्म उद्योगकै धेरैले मिरुनाले गल्ती गरेको भन्दै माफी माग्नु पर्ने बताइरहेका छन्।

यसैबीच मिरुनाको उक्त कदमविरुद्ध सडकमा प्रदर्शन सुरु भएको छ। मंगलबार बिहान काठमाडौंको चाबहिलस्थित केएल टावर अगाडि कबड्डी–४ प्रदर्शन रोक्न माग गर्दै प्रदर्शन भएको हो।

प्रदर्शनमा सहभागीहरुले लामालाई रिहा गर्न माग गरेका छन्। आन्दोलित केहीले फिल्मको पोस्टरसमेत जलाएका छन्।

उनीहरुले, फुर्वा निर्दोष भएको भन्दै मिरुनाले माफी माग्नुपर्ने माग राखेका छन्। मिरुनाले झापड हानेपछि लामाले अन्जानमा छोइएको भनेर उनीसँग भिडमै माफी मागेका थिए।

प्रहरी हिरासतमा पनि उनले नियतवश नछोएको बताएका छन्। ‘कबड्डी ४’ फिल्म गत शुक्रबारबाट रिलिज भएको हो।

शुक्रबार र शनिबार दुई दिनमा ६ करोड रुपैयाँ कमाएर नेपाली बक्स अफिसमा नयाँ रेकर्ड राखेको बताइएको छ। फिल्मलाई देशभरका १ सय ५० हलहरूमा रिलिज गरिएको थियो।

Tags: #कबड्डी-४#दुर्व्यवहार प्रकरण#पोस्टर जलाइयो#मिरुना मगर#मिरुनाविरुद्ध प्रदर्शन

लोकप्रीय

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

विचार

थप समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?
ताजा समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन
अन्तर्राष्ट्रिय

अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक
अन्तर्राष्ट्रिय

अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक

मङ्लबार मंसिर ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२

हालका पोस्टहरू

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.