दुर्व्यवहार प्रकरणले कबड्डी-४ की नायिका मिरुना विवादमा, फिल्मको प्रर्दशन रोक्न माग

१७ जेष्ठ, विराटनगर । चलचित्र हेर्न आएका एकजना दर्शकलाई थप्पड हानेर प्रहरीकहाँ बुझाएको प्रकरणले सिनेमा घरमा राम्रो व्यापार गरिरहेको फिल्म कबड्डी ४ की मुख्य अभिनेत्री मिरुना मगर विवादमा फसेकी छन्।

फिल्म हेर्न आएका दर्शक फुर्वा तामाङलाई थप्पड हानी अभद्रव्यवहार गरेको भनी प्रहरीलाई बुझाइएको थियो। तामाङले माफी मागेर भूलबस छुन पुगेको पनि भनेका थिए।

यहि प्रकरणले अभिनेत्री मगर विवादको घेरामा पुगेकी छन्। यो घटनापछि उनको तिव्र विरोध र आलोचना हुन थालेको छ। सुन्धारास्थित सिभिल मलमा फिल्म हेर्न आएका मुगु घर भएका अन्दाजी २९ वर्षीय तामाङलाई नायिका मिरुनाले आइतबार साँझ झापड हानेकी थिइन्।

मिरुनाले सबैको अगाडि ‘तिमी सोच्छौ यो जोक हो?’ भन्दै उनलाई सबैको अगाडि माफी माग्न लगाइन् । कबड्डी ४ को प्रतिक्रिया लिन काठमाडौंको सिभिल मलमा पुगेकी मिरुनाले भीडमा दर्शकले आफ्नो संवेदनशील अंगमा छोएको भन्दै झापड हानिन्।

लामाको भेषमा रहेका मुगुका फुर्वा लामालाई मिरुनाले झापड हानेपछि प्रहरीको जिम्मा लगाइन्। अहिले फुर्वा प्रहरीको हिरासतमा छन्।

मिरुनाको यो कदमपछि सामाजिक सञ्जाल दुई कित्तामा विभाजित छ। एक पक्ष पक्राउ परेका लामाको पोशाक हेरेर उनको नियत गलत हुनै नसक्ने अडान लिइरहेका छन्। अर्काथरी तत्काल बोलेर मिरुनाले ठीक गरेको बताइरहेका छन्। फिल्म उद्योगकै धेरैले मिरुनाले गल्ती गरेको भन्दै माफी माग्नु पर्ने बताइरहेका छन्।

यसैबीच मिरुनाको उक्त कदमविरुद्ध सडकमा प्रदर्शन सुरु भएको छ। मंगलबार बिहान काठमाडौंको चाबहिलस्थित केएल टावर अगाडि कबड्डी–४ प्रदर्शन रोक्न माग गर्दै प्रदर्शन भएको हो।

प्रदर्शनमा सहभागीहरुले लामालाई रिहा गर्न माग गरेका छन्। आन्दोलित केहीले फिल्मको पोस्टरसमेत जलाएका छन्।

उनीहरुले, फुर्वा निर्दोष भएको भन्दै मिरुनाले माफी माग्नुपर्ने माग राखेका छन्। मिरुनाले झापड हानेपछि लामाले अन्जानमा छोइएको भनेर उनीसँग भिडमै माफी मागेका थिए।

प्रहरी हिरासतमा पनि उनले नियतवश नछोएको बताएका छन्। ‘कबड्डी ४’ फिल्म गत शुक्रबारबाट रिलिज भएको हो।

शुक्रबार र शनिबार दुई दिनमा ६ करोड रुपैयाँ कमाएर नेपाली बक्स अफिसमा नयाँ रेकर्ड राखेको बताइएको छ। फिल्मलाई देशभरका १ सय ५० हलहरूमा रिलिज गरिएको थियो।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top